गाई काट्ने कुरा शिव सेनाले सधै सहेर बस्न सक्दैन
–अनिल बस्नेत, अध्यक्ष, शिव सेना नेपाल ।
हालै कथित प्रदेश नम्बर ३ की उपसभामुख राधीका तामाङले गाई काटेर खान पाउनु पर्छ भनेर गृहमन्त्रीसमक्ष माग राखिन् भन्ने अहिले प्रचारबाजी भइरहेको छ । यद्यपि उपसभामुख तामाङले नै त्यो माग आफूले नराखेको प्रष्टिकरण दिइसकेकी छन् । यसकारण यस विषयमा धेरै विषय भनिरहन परेन ।
तर भन्नै पर्ने विषयहरु भने छन् । नेपालमा धार्मिक सद्भाव वर्षौंदेखि छ । बहुसंख्यक हिन्दुहरु छन् । तर हिन्दुहरुको बीचमा मुसलमान, बौद्धधर्मावलम्वीहरु सानै संख्यामा भए पनि बसेका छन् । आजसम्म बहुमतको दम्भ देखाएर नेपालका हिन्दुहरुले मुसलमान, किराँत, बौद्धधर्मावलम्वीहरुलाई अपहेलना गरेको, थिचोमिचो गरेको घटना छैनन् ।
गोर्खा, लमजुङमा मात्रै होइन, काठमाडौंर्कै इन्द्रचौकमा अल्पसंख्यामा मुसलमानहरु हिन्दुहरुको बीचमा बसेका छन् । लामो समय बसेपछि ती मुुसलमानहरुको मूल भाषा नै कतै नेपाली, कतै नेवारी हुन पुगेको छ । यो दृष्टान्तको अर्थ हो, नेपालमा मकायम धार्मिक सहिष्णुता ।
नेपालमा वर्गको विभाजन गरेर १७ हजार मानिस मारियो । नयाँ र राम्रो व्यवस्था स्थापना गर्ने नाममा १७ हजार नेपाली मारिदा धेरै नेपालीको मन रोयो । तर यस्ता युद्धका पक्षपातिहरु अहिले पनि त्यो क्रुर हत्या श्रृंखलालाई गौरवका रुपमा लिन्छन् ।
संसारका धेरै मुलुकहरु छन्, जहाँ जातका नाममा, धर्मका नाममा, भाषाका नाममा युद्ध भइरहेको छ । छिमेकी भारतमै जात र धर्मका नाममा दंगा भएको त हामीले थाहा पाएकै छौं । त्यही विग्रहको आगो नेपालमा कसरी झोस्न सकिन्छ भन्नेमा दिमाग लगाउनेहरु धेरै छन् । उनीहरु जुनसुकै बहानामा नेपालमा द्वन्द्व चर्काउन चाहन्छन् ।
ताकि नेपाल अशान्त होस् । नेपालीहरु आपसमा लडेर मरुन । तर हामी नेपालीहरुको स्वाभाव नै शान्त छ । हामी नेपालीहरु इमानदार र निर्दोश छौं । यसकारण विधर्मीहरुले नेपालमा अशान्तिको बिउ रोप्न खोज्छन्, तर नेपाली माटोमा त्यो हम्मेसी उम्रदैन । नेपालीहरुको यो शान्त स्वभावका कारण कतिपय विधर्मीहरुको आफ्नो इच्छा पूरा भएको छैन ।
नेपालमा युद्धको बिउ रोप्न खोज्नेहरुले धर्मसँग सम्बन्ध राख्ने व्यक्ति र समूहलाई उत्तेजित पार्छन् । मार्न मर्न उक्साउँछन् । अहिले राधिका तामाङले नै आफूले त्यस्तो अभिव्यक्ति नदिएको भनिसक्नु भएको छ । यदि उहाँले वास्तवमै पनि त्यस्तो भन्नु भएको भए पनि शिव सेना नेपाल हतियार बोकेर तामाङमाथि जाइलाग्दैन । जाइलाग्न नसक्ने भएर त्यस्तो नगर्ने भनेको होइन । वास्तविकता त यो हो कि यदि कसैले त्यस्तो बोल्छ भने त्यो बोलिमात्रै उसको हुन्छ । भावनाहरु नै कसैको हुन्छ । बोल्ने मान्छे त एक माध्यम मात्रै हुन्छ । सन्देश अरु नै कसैको हुन्छ । हिन्दु धर्म मान्नेहरुको भोट लिएर धर्मविरोधी कुरा कसैले बोल्छ भने त्यो हामी सहन सक्दैनौं ।
करिब चार वर्ष अघि ललितपुरको गोदामचौरमा गाई काटे्न वधशाला नै भेटियो । त्यस्तो बधशालाको रुपमा प्रयोग भएका तीन वटा घरलाई हामीले खरानी बनायौं । धार्मिक दंगा भड्काउने नियतले गरिएको त्यसखाले कार्यको अनुसन्धान गर्यौं । अन्त्यमा थाहा भयो, त्यो कर्म गर्ने मुख्य व्यक्ति क्रिष्चियनको पास्टर रहेछ ।
अहिले श्री ५ को भ्रमण पूर्वाञ्चलमा भइरहेको छ । हाम्रो ध्यान यतातिर छ । तर काठमाडौं आएलगत्तै हामी गाई काट्नको हात र बलात्कार गर्नेको लिंग काट्न शिव सेनाहरुलाई निर्देशन दिँदैछौं । त्यसको जिम्मा भने केन्द्रले लिनेछ ।
सीमा जोगाउने विषयमा पनि शिव सेना नेपालले विशेष अभियान र निर्णय लिनेछ ।
यति भनिरहँदा कसैले पनि के सोच्न हुँदैन भने धर्म र सद्भावविरोधी अभिव्यक्ति कहि कतैबाट आउँछ भने शिव सेना नेपाल मौन बस्दैन । वास्तविक खेलाडी जो भए पनि अभिव्यक्त गर्ने पात्र पनि हाम्रो नजरमा दोषी हुन्छ । अपराधिले आफ्नो कर्मअनुसारको फल त पाउँछ नै । राज्यले सजाय दिएन भने शिव सेना नेपालले नै दिन्छ । धार्मिक सद्भावको विषयमा हामी संयम छौं । तर हाम्रो संयमतालाई कसैले पनि कमजोरी सम्झियो भने उसको त्यो दुःखान्त पल हुनेछ ।
यो देशमा रहेका जुनसुकै धर्ममा आस्था राख्ने अल्पसंख्यकहरुको सुरक्षाको जिम्मा शिव सेनाले लिन्छ । तर हिन्दु धर्ममाथिको प्रहार यदि कसैले गर्छ भने त्यो हामी सहन सक्दैनौं । सधै जिउँदो लाश बनेर मौनता साँध्न सकिदैन ।
केही समय अघि हामीले चुनाव बहिष्कार गर्यौं । धेरैले हामीलाई किन यस्तो गरेको भनेर प्रश्न गरे । त्यो अघि हामीले संघीयता नै विरोध गरेका थियौं । त्यसलाई पनि धेरैले बेमौसमी बाजा भने । तर अहिले आएर संघीयता भन्ने के रहेछ, यसले कसरी देश कंगाल, जर्जर र अराजक वातावारण निर्माण गर्दै लैजादो रहेछ भन्ने सबैले बुझे ।
विदेशीको इशारामा संघीयता लागू गर्दा हामी नेपाली नेपालीबीच फाटो ल्याउने प्रयास भएको छ । युरोपेलीको लगानीमा क्रिष्चियानिटी प्रचार भएको छ । देशलाई इथियोपिया बनाउने यो षडयन्त्र हो भनेर हामीले पहिले नै भनेका थियौं ।
अब इरिट्र्यिा जस्तै नेपालको भूभाग टुक्रा पार्ने खेल पनि सुरु भएको छ । यसकारण हामी अरु भन्दा फरक विचार राख्छौं । यस्तो विचार सुरुमा सबैलाई अनौठो नै लाग्छ । तर देश रहे नै राजनीति रहने हो । देश नै नरहे के बाँकी हुन्छ । यसकारण अहिले पनि राजसंस्था आवश्यक छ भन्दै आएको हौं हामीले ।
प्रशंग अलिकति बदलौं । देश नै टुक्रा पार्छु भनेर एक संदीग्ध पात्र लागि परेको छ । यस्ता कुतत्वलाई भौतिक रुपमै समाप्त पार्ने तागत हामी गोर्खालीमा नभएको हो र ? तागत छ तर त्यस्तालाई भौतिक रुपमा समाप्त पारेर के हुन्छ ? त्यस्तो पात्रले चाहेको अभियान उसको होइन । शिव सेना नेपालको नजरमा त्यो अपराधि हो । केही समय हामीले धैर्यता राखेका हौं । देश टुक्रा पार्ने अभियानमा लागेकाहरुलाई हामीले नोटिसमा राखिसकेका छौं । अब समय आएपछि त्यसलाई कसरी तह लगाउनु पर्छ त्यो हामी अवश्य गर्ने छौं ।
नेपाललाई सधै सधै कुनै न कुनै वहानामा अशान्त बनाउन प्रयास गरिरहने तत्वहरु नै नेपालका मुख्य समस्या हो । त्यस्ता तत्वहरुमाथि शिव सेना नेपाल जाइ लाग्छ । कोही बुख्याचाको विरोध गरेर समय नष्ट पार्दैन । शिवका सेना हौं हामी । हामी यो राष्ट्रको अक्षुणता, सार्वभौमसत्ता, अखण्डता, सद्भाव कायम राख्दै हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापना नभएसम्म हामी डटिरहने छौं ।
(अध्यक्ष बस्नेतसँग भएको कुराकानीमा आधारित ।)