खेल

आइफ्लिक्सले डीपीएल अनलाइन प्रसारण गर्ने

आइफ्लिक्सले डीपीएल अनलाइन प्रसारण गर्ने

विश्वको अग्रणी मनोरंजन प्रदायक आइफ्लिक्सले धनगढी प्रिमियर लिग (डिपिएल) को विशेष अनलाइन प्रसारण गर्ने भएको छ।

 

प्रतियोगितामा नेपालमा पहिलोपटक नेपालका आइफ्लिक्स सब्सक्राइबर/ग्राहकले लाइभ हेर्न पाउनेछन्। प्रतियोगिता सकिएपछि पनि आफूलाई मन पर्ने खेलहरू अनलाइनमै हेर्न वा डाउनलोड गरेर पनि हेर्न सकिनेछ । साथै यसमा सबै १९ खेलका हाइलाइट पनि छुट्टै रहनेछन् ।

 

आईफ्लिक्स नेपालकी कन्ट्री म्यानेजर भावना घिमिरेका अनुसार नेपालमा पहिलोपटक नेपाली क्रिकेटप्रेमीहरुले डिजिटल प्लेटफर्ममार्फत अनलाइन क्रिकेटको लाइभको आनन्द लिन सकिनेछ।

 

उनले भनिन्, 'सबैको प्रतीक्षामा रहेको यो प्रतियोगिता जुनसुकै ठाउँमा जतिबेला पनि अनलाइनबाट हेर्न सकिनेछ । क्रिकेटजस्तो जल्दोबल्दो मनोरन्जन अनुभव नेपालका क्रिकेटप्रेमीहरूमाझ पस्कन पाउँदा हामी एकदमै उत्साहित छौं र रुस्लान डीपीएल-२ को एकमात्र अनलाइन प्रसारण प्लेटफर्म हुन पाएकोमा खुसी छौं ।'

 

आईफ्लिक्स र एनसेल प्राइवेट लिमिटेड (एनसेल) बीच हालै घोषणा भएको साझेदारी अनुसार एनसेल ग्राहकहरुलाई आइफ्लिक्सको असीमित पहुँच हुनेछ। डीपीएल २ लाई पाँच वटासम्म उपकरणमा लाइभ स्ट्रिम गर्नको लागि एकदम अवसर हो।  

 

एनसेलका ग्राहकले आइफ्लिक्सका शोहरुको स्ट्रिमिङ र डाउनलोड गर्नका लागि विशेष एनसेल डाटा प्याकेजको पनि आनन्द लिन सक्नेछन  l

 

बंगलादेशको निदास ट्रफी-२०१८ र टी१० क्रिकेट लिग, इन्डोनेसियाको फुटबल इन्डोनेसियाज लिगा १, ग्लोबल फेनोमेनल मेवेदर र म्याकग्रेगरको भिडन्त, रमाइलो खेल डोटा २ (DOTA2) का लागि इ-स्पोर्ट प्रतियोगिता र मलेसियाको हालसालै घोषणा गरिएको फुटबल लिग पनि आईफ्लिक्सको अनलाइन खेलकुद स्ट्रिम अफर थिए। 

विशेष