मनोरञ्जन

'शत्रु गते'को आक्रमक व्यापार, यस्तो छ तीन दिनको कमाईको लेखाजोखा

'शत्रु गते'को आक्रमक व्यापार, यस्तो छ तीन दिनको कमाईको लेखाजोखा

काठमाडौं । सिंगल र मल्टिप्लेक्स स्क्रिनमा शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्र ‘शत्रुु गते'ले आक्रमक ब्यापार गरिरहेको छ ।

 

शुक्रवार ६० देखि ८० प्रतिशत अकुपेन्सी मिलेको चलचित्रले शनिवार, आईतवार भने शतप्रतिशत व्यापार गरेको छ ।

 

तीन दिनको कमाई तीन करोड ५० लाखको हाराहारीमा पुगेको छ । चलचित्रले पहिलोदिनमा एक करोडको हाराहारी कमाई गरेको थियो भने शनिबार मात्रै सिनेमाले एक करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।

 

आईतवार भने एक करोडकै हाराहारीमा कमाई गरेको छ । आइतबार सार्वजनिक बिदा परे पनि शनिवार जतिकै दर्शक हलमा पुगेनन् ।

 

नेपाली चलचित्रको ठूलो बजार मानिने चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरी लगायतमा ठाउँमा पनि आइतवार शत्रु गते आक्रमक नै देखिएको थियो । बिहानी शोमा ८० प्रतिशत अकुपेन्सी रहे पनि त्यसपछिका सबै शोहरु हाउसफुल रहँदै आएका छन् ।

 

देशभरका १ सय २६ हलमा प्रदर्शन भएको शत्रुुु गतेका लागि शोहरु थपिएको चलचित्रका निर्देशक प्रदीप छट्टराईले बताए । ‘जात्रा’ पछि प्रदीपको निर्देशन रहेको यो दोस्रो सिनेमा हो ।

 

मह सञ्चारको ब्यानरमा निर्माण भएको यस सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, शिवहरि पौडेल, बसुन्धरा भुषाल, रमेशरञ्जन झालगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

विशेष