देश

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

मकवानपुर । मनहरी गाउँपालिका ७ प्रतापपुरमा बाघको आक्रमणबाट सोमबार एक महिलाको मृत्यु भएको छ। मध्यवर्ती क्षेत्रको सामूदायिक वन नजिक घाँस काट्न गएकी ४१ वर्षीया सरस्वति बर्तौलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

 

बिहान घाँस काट्न गएकी सरस्वति घर नफर्किएपछि खोजी गर्दा खोला बगरमा मृत भेटिएको श्रीमान् उत्तम बर्तौलाले बताए। बाघकै आक्रमणबाट घाइते स्थानीय ४१ वर्षीय लालबहादुर अर्जेललाई उपचारका लागि चितवनको भरतपुर लगिएको छ।

 

पीडित र स्थानीयले घाइतेको उपचार र उचित राहतको माग गरेका छन्। पछिल्लो समय बाघले दुःख दिने क्रम बढेको स्थानीय जितबहादुर राईले बताए। निकुञ्ज र प्रशासलने सुरक्षाको व्यवस्था गरिदिनुपर्ने उनीहरूको माग छ।

विशेष