मदन भण्डारी गोल्डकपमा आयोजकले हरायो आर्मीलाई
तेश्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ।
बुटवलको रामनगरस्थित मानव ज्ञान माविको मैदानमा भएको पहिलो क्वाटरफाइनल खेलमा आयोजकले नेपाल आर्मीलाई ३–१ गोल अन्तरले हरायो। आर्मीका बिवेक बस्नेतले १५ औं मिनेटमा गोल गदै टिमलाई अग्रता दिलाएका थिए।
दोश्रो हाफमा आयोजकले उत्कृष्ट प्रदर्शन गदै ३ गोल गर्न सफल भयो। खेलको म्यान अफ द म्याच बनेका विदेशी खेलाडी म्याक्सले ६३ औं मिनेटमा हेड मार्फत गोल गदै खेललाई १–१ को बराबरीमा ल्याए ।
म्याक्सले नै दोश्रो गोल गदै टिमलाई २–१ को अग्रता दिलाए । उनले हेड मार्फतनै ६७ औं मिनेटमा गोल गरेका थिए । आयोजकका लागि तेश्रो गोल विदेशी खेलाडी अब्बाले ७६ औ मिनेटमा गरेका थिए ।
म्याक्सले नगद १० हजार प्राप्त गरे।
रेफ्रीले फाउल खेल बापत ७ जना खेलाडीलाई पहेलो कार्ड दिएका थिए । आर्मीका ५ खेलाडीले पहेलो कार्ड पाएका थिए ।
सन्तोष तामाङले ५१ औं मिनेट, सुमन अर्यालले ५२ औ मिनेट,दिनेश योञ्जनले ८२ औं मिनेट,आशिष शाक्यले ८४ औ मिनेट र बिकाश थापाले ९६ औं मिनेटमा पहेलो कार्ड पाएका थिए । आयोजकका म्याक्सले ६० औं मिनेट र अमिर तामाङले ८२ औं मिनेटमा पहेलो कार्ड पाएका थिए ।
प्रतियोगिता अन्तर्गत दोश्रो क्वाटरफाइनल खेल साबिक विजेता सुनौलो संगम र एपीएफबीच मंगलवार हुनेछ ।