झापा ११ कटारी गोल्डकपको सेमीफाइनलमा
झापा ११ चौथो कटारी मेयर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
सोमबार भएको खेलमा सरस्वती युवा क्लबलाई २–० गोलले पराजित गर्दै झापा अन्तिम चारमा पुगेको हो। झापाको जितमा अजय राजवंशीले १३ र लक्ष्मण चौधरीले ८७ मिनेटमा गोल गरेका थिए।
झापाका गोलकिपर मनोज प्रधान खेलको म्यान अफ दि म्याच चुनिए। उनले ५ हजार रुपैयाँ हात पारे। खेलमा सरस्वतीले प्रधानले आधा दर्जन आकर्षक प्रहार गरे पनि झापाका गोलरक्षक मनोज प्रधानले आकर्षक बचाउ गरे।
मंगलबार हुने अन्तिम क्वार्टरफाइनलमा संकटा क्लब र चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ। झापाले अब बुधबार हुने सेमीफाईनलमा सहारा क्लब पोखरासँग प्रतिष्पर्धा गर्नेछ ।
विजेता टिमले नगद ५ लाख र उपविजेताले २ लाख ५१ हजार रुपैयाँ पाउनेछन्। कटारी नगरपालिका र साथीसमूहको संयोजनमा आयोजित गोल्डकप आगामी चैत्र १७ सम्मा हुनेछ।