प्रश्नपत्र अाउट गर्ने बझाङका एक परीक्षा निरीक्षक निष्कासित
बझाङ । एसइइ परिक्षामा प्रश्नपत्र अाउट गर्ने बझाङका एकजना परीक्षा निरीक्षक प्रश्नपत्रकाे तस्वीर सहित पक्राउ परेका छन् । पाण्डु मावि पडेशमा निरीक्षकका रूपमा खटार्इएका मुकेश सिंहलार्इ प्रहरीले पक्राउ गरेकाे हाे ।
एसइइ परिक्षा अन्तर्गत मंगलबार विज्ञान विषयकाे परिक्षा चलिरेहका बेला उनले प्रश्न पत्रकाे फाेटाे खिचेर बाहिर पठाउन खाेजिरहेकाे प्रहरीले जनाएकाे छ ।
उनलार्इ अब परिक्षा केन्द्रबाट निष्कासित नै गरिएकाे छ भने थप कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय बझाङमा लगिएकाे छ ।
चैत ८ गतेदेखि सुरू भएकाे एसइइ परिक्षामा मंगलबार ५ विषय अन्तर्गत विज्ञान विषयकाे परिक्षा बझाङका अन्य परिक्षा केन्द्र भने मर्यादित रूपमा सम्पन्न भएकाे जिल्ला शिक्षा कार्यालय बझाङले जनाएकाे छ ।
यस वर्षकाे परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थीले आवेदन दिएका छन् र एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा प्रतिकेन्द्र एक केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी ६४ हजार ७६२ जनशक्ति खटिएका छन् ।
साधारण धारतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिक धारतर्फको परीक्षा २० गतेसम्म सञ्चालन हुनेछ । यसवर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन भर्इरहेकाे छ, जसअनुसार अनिवार्य विषयतर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ।
अनुत्तीर्ण परीक्षार्थी र अक्षराङ्कन पद्दतिको नतिजामा विभिन्न विषयमा ग्रेड वा सो भन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि परीक्षामा समेत ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागि समेत एक्जाम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिने व्यवस्था छ।
अनुगमन टोलीलाई परीक्षामा अमर्या्दित कार्य गर्ने वा गर्न उक्साउने जो कोहीलाई स्थलगतरूपमै कारबाही गर्न सक्ने अधिकार दिइएको छ।