समाज

गलैंचा बुनेर महिनाकै ५० हजारबढी अाम्दानी

गलैंचा बुनेर महिनाकै ५० हजारबढी अाम्दानी

तेह्रथुम र संखुवासभाकाे सीमावर्ती गुफा सुकेबजारका महिला गलैंचा बुनेर मनग्य अाम्दानी गर्न सफल भएका छन् । 

 

पर्यटकीय क्षेत्र तीनजुरे-मिल्के-जलजले क्षेत्रका लेकाली यी बजारमा बाह्रै महिना चिसो हावापानी हुने भएकाले अरु बालीनाली त्यति नहुँदा महिलाले बिहान–बेलुका घरको काम सकेर गलैंचा बुन्ने काम गर्छन् ।

 

यस क्षेत्रका महिलाले बनाएका बाक्लो धागोबाट बुनिएका गलैंचा नेपालका विभिन्न ठाउँबाट आएका आन्तरिक तथा बाह्य पर्यटकले किनेर लैजाने गरेको सुकेबजारकी लाक्पा शेर्पाले बताइन् ।

 

करिब ३ हजार मिटरको उचाइमा रहेका यी बजारका अधिकांश महिलाले गलैंचा बुनेरै मासिक खर्च टार्नुका साथै बचतसमेत गरिरहेका छन् ।

 

एउटा गलैंचाको मूल्य ७ देखि २५ हजार रुपैयाँसम्म पर्ने गर्छ । एउटा गलैंचा बुन्न एक सातासम्म लाग्ने स्थानीय बताउँछन् ।

विशेष