मनोरञ्जन चाडै आउदैछ

फिल्म '१२ मासे'काे गीत 'ढिक्के फुली' सार्वजनिक

के '१२ मासे' बाह्रैमास चल्ला ?

फिल्म '१२ मासे'काे गीत 'ढिक्के फुली' सार्वजनिक

न कुनै लाेकप्रियता नै चाहिन्छ न त कुनै फिल्मले बक्स अफिसमा तहल्का मच्चाअाेस् । यस्ता कुनै कुराकाे पर्वाह छैन नेपाली सिने जगतका भिन्नै धारका रूपमा परिचित नायक जयकिशन बस्नेतले । 

 

उनका प्रायः सिनेमा बेस्सरी चलेका अर्थात हिट भएका छैनन् । र, पनि उनकाे नेपाली सिने क्षेत्रप्रति माेह उत्तिकै छ । त्यसै क्रमकाे निरन्तरता दिएका उनले भर्खरै अर्काे नयाँ फिल्म लिएर अाएका छन् ।

 

फिल्मकाे नाम हाे ' १२ मासे' । फिल्म ‘१२ मासे’ को ‘ढिक्के फुली’ बोलको पहिलो गीत सार्वजनिक भएको छ। अर्जुन पोखरेलको संगीत तथा सागर खरेलको शब्द रहेको गीतमा गायक कृष्ण पाण्डेको स्वर छ।

 

गीतको भिडियोमा जय किसन बस्नेत र पूजना प्रधानको अभिनय देख्न सकिन्छ। 

 

फिल्ममा जयकिसन र पूजनासँगै मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), पुरण थापा, सोनिका बास्तोला, सबनम दाहाल, राधा श्रेष्ठ (रामप्यारी), प्रदीप पाठक (नक्कली प्रचण्ड) लगायत कालाकारहरुको अभिनय छ। 

 

प्रदीप पाठकको कथा तथा उनकै निर्माण रहेको फिल्मलाई लय संग्रौलाको निर्देशन गरेका छन्। फिल्म आउँदो जेठ ११ बाट प्रदर्शनमा आउनेछ।

विशेष