समाज

बहिनीले दार्इलार्इ बलात्कार ग-याे भन्दै मुद्धा दायर गरिन्

बहिनीले  दार्इलार्इ बलात्कार ग-याे भन्दै मुद्धा दायर गरिन्


गुल्मी । गुल्मीबाट एउटा दर्दानक घटना बाहिर आएको छ । आफ्नै सहोदर दाईले बहिनीलाई बलात्कार गरेको आरोपसहितको घटना सतहमा आएको छ ।

 

बुधवार जिल्ला प्रहरी कार्यालय गुल्मीमा आफ्नै दाजुबाट वलात्कृत भएको भन्दै एक किशोरीले मुद्धा दायर गरेकी छन् । घटना चैत्र १२ गते दिउँसो ३ वजेर १५ मिनेटको हो ।

 


गुल्मीकै धुर्कोट गाउँपालिका–५ स्थित घरमै बसेकी १६ बर्षीय बहिनीमाथि अत्याचार भएको बताइएको छ । दाजुको उमेर २८ बर्ष छ ।

 

बहिनीको गोपनियताका कारण हामीले उनको नाम यहाँ राखेका छैनौँ । पीडितले चैत्र १२ गते अगाडि पनि गलत मनसाय राख्ने गरेको बताएकी छिन् ।


आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । जै अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले बताए ।

पत्रकार जिल्ला प्रहरी कार्यालय पुग्दा पीडित किशोरी कारुणीक अवस्थामा थिईन । तम्घासको एक वोर्डिङ्गको कक्षा ९ मा पढ्ने उनी केहि दिन अघि विरामी परेर घरमा गएकी थिईन् ।

किशोरीले पीडा सुनाइन्, ‘कल्पना भन्दा बाहिरको कुरा गर्यो मेरो माईलो दाजुले ।’ जिल्ला प्रहरी प्रमुख एसपी अनुरागकुमार द्धिवेदीले यस घटनाको उच्चारण गर्न पनि मन नलागेको बताए ।

 

विशेष