देश

माेटरसार्इकल र स्कुटी सस्तोमा पाएँ भन्दैमा नतम्सिनुस्, प्रहरी फन्दामा पर्न सकिन्छ है !

माेटरसार्इकल र स्कुटी सस्तोमा पाएँ भन्दैमा नतम्सिनुस्, प्रहरी फन्दामा पर्न सकिन्छ है !

काठमाडौ‌ं । भक्तपुरका आकाश नगरकोटीले ७ हजारमै स्कुटी पाएपछि खुसीले गदगद भए। तर जब उनले चलाएको स्कुटी समातियो, छाँगाबाट खसेजस्तै भए। उनले थाहा पाए- उनले किनेको स्कुटी चोरीको रहेछ।

 

आकाशसँगैं स्कुटी चोरी गर्नेहरुविरुद्ध अहिले चोरी मुद्धामा काठमाडौं प्रहरी परिसरले अनुसन्धान गरिरहेको छ। चोरी गर्नेहरुले ती सामान बेच्ने भएकाले सस्तोमा पाएर खरिद गर्नेहरु फस्ने क्रम जारी छ।

 

चोरीका अधिका‌ंश मुद्धामा खरिद गर्नेहरु समेत समातिने गरेको प्रहरी बताउँछन्।

 

केन्द्रीय अनुसन्धान ब्युरो- सीआईबीले चोरी मुद्धामा पक्राउ गरेका रुप बहादुर सुनार २२ लाख धरौटी तिर्न नसकेपछि कारागार चलान भएका छन्।

 

दाजु गणेश बहादुर सुनारसँग मिलेर सन्चालन गरेको पन्चकन्या ज्वेलर्समा उनिहरुले चोरीका सुनका गरगहना किन्ने गरेको प्रहरीको आरोप थियो। गणेश यसअघि नै पक्राउ परिसकेका थिए। उनीहरुविरुद्ध विभिन्न ३१ वटा जबर्जस्ती चोरीका मुद्धा थिए।

 

काठमाडौं जिल्ला अदालतले २०७२ सालमा रुपबहादुरविरुद्ध वारेन्ट जारी गरेको थियो। प्रहरीका अनुसार चोरीका सामान जान्दाजान्दै पनि किन्ने गरेको पनि पाइएको छ।

 

विशेष