खेल

एसियन कप छनाेटकाे अन्तिम खेलमा नेपाल यमनसँग पराजित

नेपालका लागि पेनाल्टी बाधक बन्याे

एसियन कप छनाेटकाे अन्तिम खेलमा नेपाल यमनसँग पराजित
एफसी एसियन कप छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाल यमनसँग पराजित भएको छ ।
 
 
कतारको दोहा स्थित सुहेम विन हमाद रंगशालामा भएको खेलमा नेपाल यमनसँग २–१ ले पराजित भयो । जितसँगै यमनले अर्को वर्ष युएईमा हुने एएफसी एसियन कपमा स्थान सुरक्षित गरेको छ ।
 
 
समूह एफबाट फिलिपिन्स समूहको विजेता र यमन उपविजेता बन्दै एसियन कपमा छनोट हुँदा नेपाल र ताजिकिस्तान भने बाहिरिए ।
 
 
यमनले लिएको सुरुवाती अग्रतामा नवयुग श्रेष्ठले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो । २४ औं मिनेटमा अब्दुलेवासिया अल मातारीले गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए ।
 
 
पहिलो हाफको इज्युरी समयमा नवयुग श्रेष्ठले गोल गर्दै खेल बराबरीमा पुर्याए ।
 
 
८३ औं मिनेटमा विराज महर्जनले डिबक्स भित्र फल गरेका कारण यमनले पेनाल्टी पायो । सो पेनाल्टीलाई मातरीले नै गोलमा परिणत गर्दै यमनलाई २–१ को जित दिलाए ।

विशेष