समाज अपराध सुरक्षा भिडियो कभर स्टोरी

काठमाडौं प्रहरी प्रमुखको गुनासोः बलात्कार घटनामा पीडितले सम्झौता गरिदिँदा कारवाही गर्न गाह्रो (भिडियो)

काठमाडौं प्रहरी प्रमुखको गुनासोः बलात्कार घटनामा पीडितले सम्झौता गरिदिँदा कारवाही गर्न गाह्रो (भिडियो)

काठमाडौं । काठमाडौंको सुरक्षा व्यवस्था खस्कँदो छ । दिनदवाडै हत्या, बलत्कार, अपहरण, वेश्याबृत्ती र लागुऔषधले व्यापक रुप लिँदैगएको छ । यस्ता घटनाले राजधानीबासी आजित छन् ।

 

केही समयअघि मात्र काठमाडौं प्रहरी प्रमुखका रुपमा नियुक्त भएका एसएसपी विश्वराज पोखरेल अपराधिकरणलाई निर्मुल पार्ने भन्दै सशक्त रुपमा काम कारवाही बढाएको बताउँदै छन् ।

 

एसएसपी पोखरेलसँग यही विषयमा नेपालआजका लागि लोकेन्द्र भट्टले गरेको कुराकानीमा आधारित :

 

काठमाडौं उपत्यकामा ७७ ओटा जिल्लाका मानिसको बसोबास छ । विभिन्न ठाउँका अनेक थरी मान्छेको बसाइले गर्दा पनि अपराधिक समस्या समधान गर्न ठूलो चुनौती छ ।

 

यद्यपि आपराधिक गतिविधिलाई निर्मुल पार्न आफू सबै पक्षसँग हातेमालो गरेर अगाडी बढेकोे उनले बताए ।

 

यही शिलशिलामा पछिल्लो केही सातादेखि चर्चामा रहेको गुण नाइके तथा कांग्रेसको राजनीतिमा जोडिएका गणेश लामाको विषय पनि हामीले कोट्याएका थियौँ । एसएसपी पोखरेलले लामालाई आवश्यक कारवाही हुने बताए ।

 

यसबाहेक पोखरलले पछिल्लो समयमा व्यापक रुपमा बलत्कारका घटना बढि रहेकोमा आफू गम्भिर भएको बताए । साथै यस्ता घटना न्युनिकरण गर्न सचेत भएको उनको भनाइ थियो ।

 

तर कहिले काहीँ प्रहरीले कारवाही प्रक्रिया अघि बढाउने बेला पीडित पक्षले पीडकसमक्ष सम्झौता गरिदिँदा अर्को समस्या उत्पन्न हुने उनको गुनासो छ । यसकारण पनि बलत्कारका घटनामा कमी आउन नसकेको उनको बुझाइ छ ।

 

उनका अनुसार काठमाडौंका होटेलहरु पछिल्लो समय आपराधिक गतिविधिका योजना बनाउने थलो बन्दैआएका छन् । देहव्यापार गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिए पनि कानुनी कारवाही फितलो भएकाले कडा सजाय हुन नसकेको उनी बताउँछन् ।

देशको सुरक्षा नीति प्रभावकारी बनाउन कानुनी अडचन रहेको भन्दै यसलाई परिमार्जन गर्न सकेको खण्डमा मात्र सुरक्षाको क्षेत्रमा सुधार हुने पोखरेलको भनाइ छ ।

 

कानुन विश्वराज पोखरेल

विशेष