उपन्यासकार तिवारीको तर्कः यसरी जन्माएँ निलोफर (भिडियो)
काठमाडौं । साहित्यकार प्रकाश तिवारीले दोस्रो आख्यानात्मक कृति ‘निलोफर’ बजारमा ल्याएका छन् । यसअघि उनको ‘परित्याक्त’ नामक उपन्यास प्रकाशित छ । जन प्रशासन विषयमा स्नातकोत्तर तिवारी हाल नेपाल कृषि अनुसन्धान परिषद्मा कार्यरत छन् ।
तिवारीसँग नेपालआजले उनको साहित्य यात्रा र दोस्रो उपन्यास ‘निलोफर’माथि बिबेचना गरेको छ । कक्षा ८ देखि सुरु भएको उनको साहित्यप्रतिको लगाव निरन्तर उकालो यात्रामा छ ।
‘साहित्य श्रृजना गर्न इच्छाशक्ति राखेको खण्डमा कुनै कुराले पनि रोक्न सक्दैन । यसको माध्यामबाट समाजमा रहेका विभिन्न विषयको सरल रुपमा उजागर गर्न सकिन्छ’, उनले भने, ‘साहित्य समाजलाई कलात्मक रुपमा व्यक्त गर्न सकिने श्रृजनात्मक माध्यम हो ।’
समाजमा विद्यमान विकृति र वर्तमान अर्थराजनीतिक समस्यालाई सजिलो तरिकाले उठान गरेको छ उपन्यास निलोफरले । उपन्यासमा जुनेली मुख्य पात्र छिन् । जसको कथालाई तिवारीले प्रभावकारी तरिकाले पाठक समक्ष पस्केका छन् ।
प्रकाश तिवारी