नमुना बस्तीपछि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटे धुर्मुस-सुन्तली
काठमाडौं । ४ वटा नमूना बस्ती निर्माणपछि हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसकाे ध्यान अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा फर्किएकाे छ ।
फेसबुकमा स्टाटस लेख्दै धुर्मुसले अन्तर्राष्ट्रिय रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउन्डेसनले संयोजन गर्ने खुलाएका छन् । उनका अनुसार चाँडै रंगशाला निर्माण समिति बन्नेछ र त्यही समितिको रोहबरमा रंगाशाला बन्नेछ ।
‘यो अभियान धुर्मुस सुन्तली फाउन्डेसनको मात्रै नभएर राष्ट्रकै अभियान हो,’ धुर्मुसले लेखेका छन् । यो परियोजना सरकारलार्इ सघाउनका लागि निम्ति भएको भन्दै यसमा नेपाल सरकारले गम्भिरतापूर्वक साथ, सहयोग र समन्वय गर्ने विश्वास धुर्मुसले व्यक्त गरेका छन् ।
धुर्मुसले यसअघि नमूना नेपाल नामको अर्को परियोजना घोषणा गरेका थिए । उनले दुवै परियोजना आफूहरुका लागि उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्दै सोधेका छन्, ‘अब भन्नुहोस कुन चाहिँ पहिला ?’
यसको जवाफमा धेरैबाट पहिले क्रिकेट रंगशाला निर्माण हुनुपर्ने प्रतिक्रिया आएको छ ।