संसदकाे संयुक्त अधिवेशन बिरालाे बाँधेर श्राद्ध गरे जस्ताे: बाबुराम भट्टराई
काठमाडाैं । नयाँ शक्तिका संयोजक तथा सांसद डाक्टर बाबुराम भट्टराईले संसदको अधिवेशनप्रति असहमति जनाउँदै व्यंग्य गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गरेलगत्तै ट्वीट गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुराम भट्टराईले संसदको अधिवेशन बिरालो बाँधेर श्राद्ध गरेजस्तो मात्रै भएको बताएका छन् ।