सिटीसँग आर्सनल फेरि पनि पराजित
काठमाडाैँ । इग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले आर्सनललाई ३–० गाेल अन्तरले पराजित गरेकाे छ । गत आइतबार पनि काराबाओ कपको फाइनलमा आर्सनल ३–० ले म्यान्चेष्टर सिटीसँगै पराजित भएको थियाे ।
शुक्रबार विहान भएको खेलमा बेर्नाल्डो सिल्भाको गोलमा १५ औ मिनेटमै सिटीले अग्रता लिएको थियो । २८ औं मिनेटमा डेभिड सिल्भा र ३३ आै मिनेटमा लेरोइ सानेले गोल गर्दै ३ शुन्यको अग्रता दिलाए ।
दोस्रो हाफमा खेल फर्कने राम्रा मौका आर्सनल चुकाउन पुगेको थियो। आर्सनलले ५३ औं मिनेटमा पेनल्टी पाएको थियो। उक्त पेनल्टीलाई अउबामेयाङले प्रहार गरेपनि सिटीका गोलरक्षक इडरसन मोरेकले क्लीयर गरेपछि आर्सनल गोल अन्तर कम गर्ने राम्रो मौका चुकाएन पुगेको थियो।
जितपछि आर्सनल भन्दा सिटी ३० अंकको अग्रता कायम गर्न सफल भएको छ । भने दोस्रो स्थानको युनाईटेड भन्दा १६ अंकले अघि रहेको छ । यो सँगै सिटीले गत सिजभरी गरेको ८० गोलसंख्यालाई पनि २८ खेलमानै उछिन्न सफल भएको छ ।
सिटीले २८ खेलमा ८२ गोल गरेको छ। आर्सनलले घरेलु मैदानमा पहिलो हाफमानै तीन गोल खाएको यो १९८९ मार्च पछि पहिलो हो । सिटीले पछिल्ला सबै प्रतियोगितामा गरेर १९ मध्ये ११ पेनल्टी रोक्न सफल भएको छ ।
नतिजापछि सिटीले दोश्रो स्थानको म्यान्चेष्टर युनाइटेड भन्दा १६ अंकको अग्रता बनाएको छ । सिटीको २८ खेलबाट ७५ अंक भएको छ । आर्सनल भने २८ खेलबाट ४५ अंकसहित अंकतालिकाको छैटौं स्थानमा छ ।