‘शत्रु गते’काे सफल्ता पछि केक काटेर मनाइयो खुशियाली
गत शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘शत्रु गते’ले व्यापारिक रुपमा सफलता हासिल गरेपछि यसको निर्माणपक्षले खुशीयाली मनाएकाे छ । काठमाडाैंको बीग मुभिजमा आयोजना गरिएको कार्यक्रममा यसको निर्माण टिमले केक काटेर खुशियाली मनायो । चलचित्रका वितरकहरुले यो कार्यक्रमको आयोजना गरेका थिए ।
चलचित्रले वुधबारसम्म काठमाडाैंबाट मात्रै ३ करोड २५ लाखको ग्रस कलेक्शन गरेको छ । यसका वितरक गोपाल कायस्थले जानकारी दिदै, मोफसलका ९० हलबाट चलचित्रले २ करोड ३७ लाख ग्रस कलेक्शन गरेको वितरकले जानकारी दिए ।
चलचित्रले ५ दिनमा ५ करोड ६२ लाखको कलेक्शन गरेको वितरकहरुको भनाई छ । नेपाली चलचित्रले कमजोर व्यापार गरिरहेको समयमा एउटा राम्रो चलचित्र चलेको भन्दै निर्देशक प्रदिप भट्टराइले खुशी व्यक्त गरे । चलचित्रले अझै राम्राे व्यपार गर्नेमा निर्मापक्षको विश्वास रहेकाे छ ।
केक काट्ने कार्यक्रममा चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य, अभिनेत्री आँचल शर्मा, निर्माता किरण केसी लगायत उपस्थित थिए । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, शिवहरि पौडेल लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।