समाज भिडियो

सेतो मच्छिन्द्रनाथको रथयात्रामा छमछमी नाचे युवायुवती (भिडियो)

सेतो मच्छिन्द्रनाथको रथयात्रामा छमछमी नाचे युवायुवती (भिडियो)

काठमाडौं । काठमाडौंमा मनाइने सेतो मच्छिन्द्रनाथको रथ जात्रा सकिएको छ । लगनमा राखिएको मच्छेन्द्रनाथलाई लगनटोलबाट मच्छेन्द्रबहालसम्म यात्रा गरेर जात्रा सम्पन्न भएको हो ।

 

प्रत्येक शुक्ल अष्टमीका दिन सेतो मच्छिन्द्रनाथको रथ तान्ने चलन छ । जमलमा रहेको तिनधारा पाठाशालाबाट शुरु रथ यात्रा असन, हनुमानढोका, लगनटोलमा पुर्याइने प्रचलन छ । नगरपरिक्रमा गराइएको मच्छिन्द्रनाथको मूर्तिलाई सानो रथमा राखेर यात्रा गराएपछि जात्रा सकिएको हो ।

 

मच्छिन्द्रबहालमा रथ ल्याएपछि पूजा गरी प्रसाद खाने र यसपछि घर घरमा भोज खाने चलन छ । वर्षा र सहकालका देवता मानिने मच्छिन्द्रनाथलाई दर्शन गरेमा रोगव्याधीबाट मुक्त भइने जनविश्वास छ ।

सेतो मच्छिन्द्रनाथ जात्रा

विशेष