मदन भण्डारीले त्यो भाषण विद्याकै लागि समर्पण गरेका थिए सायद !
विद्याको बग्गी सवारी: पाखण्डी प्रबृत्ति
रोहित शर्मा ।
स्मरण गरौँ, यसबारे धेरैले टिप्पणी गरे । पुरानो जस्तो पनि भयो । तर घटना पुरानो हुन लागे पनि असर पुरानो भएको छैन । र प्रबृत्ति झन झन मौलाउँदै छ । जुन दखदायी हो ।
नेता मदन भण्डारीले भनेका थिाए, ‘मुलुकबाट राजा हटे पनि सामन्तवाद र दलाल नोकरशाहीतन्त्र हटेन भने त्यो मुलुकका लागि अर्को घातक हुनेछ ।’ भण्डारीले यसो भनेको दुई दशकपछि उनकी पत्नि विद्यादेवी भण्डारी राष्ट्रपति बनिन् ।
विडम्वना, राजसंस्था हटाएर स्थापित भएको गणतन्त्रात्मक मुलुकको राष्ट्रपति पदमा विराजमान विद्या भण्डारीको शान–सौकत राजा भन्दा कम छैन । फरक एउटै, विद्यालाई जनप्रतिनिधिहरुले छानेको हो । राजालाई हैन ।
भण्डारीको पछिल्लो बानेश्वर बग्गी सवार निकै उदेकलाग्दो र आतंकित थियो । आम जनतालाई घण्टौँ सडकमा रोकेर बग्गीमा सवार विद्यालाई देख्दा लाग्थ्यो उनी बानेश्वरस्थित संसद भवन भ्रमण गर्न पुगेकी हुन् ।
घोडचढीमै छँदा सडकछेउका मान्छेले पक्कै भनेका थिए, एउटा राजा गए, अर्को राजा आए । सामाजिक संजालमा उनको त्यस्तो रवाफको ब्यापक विरोध भयो । विरोध भएर पनि त्यसले विद्या र विद्या जस्तैहरुलाई छोएन ।
कुरा, विद्या भण्डारीको मात्रै हैन । काठमाडौं सहरमा राष्ट्रपतिलाई सयर गराइएको त्यस कार्यक्रम विधान सम्मत नै होला, तर प्रबृत्तिको कुरा हो । प्रश्न संस्कारको हो । लोकतान्त्रिक आचरणको हो । र एउटा गम्भीर नैतिक प्रश्न हो मदन भण्डारीपत्नि विद्यालाई ।
संयोग कस्तो भइदियो भने मदन राजसंस्था फालेर राजसंस्थाकै अर्को रुप देख्न चाहँदैनथे मदन । उनकै पत्नि विद्या भने महारानीको अर्को अवतारमा उत्रिइन् ।
मदन भण्डारीले विद्या र विद्याहरुको अहिलेको प्रबृत्ति सायद त्यसबेलै अनुमान गरिसका थिए । यस्तो लाग्छ, विद्याकै लागि लक्षित थियो मदनको त्यो भाषण पनि ।
उता बुटवलको अर्को यस्तै दृश्य निकै विवादित थियो, जहाँ भण्डारी गाडीबाट ओर्लने बित्तिकै एक सहयोगी असाध्यै हतारिएर गाडीको ढोकामै पिर्का पुर्याइदिए । जब कि, भण्डारी गाडीबाट ओर्लेपछि भुईँमा कुल्चनु नपरोस् ।
आखिर जनताको अथक वलबाट लोकतन्त्र स्थापित भएको हो । लोकतन्त्रको अर्को रुप सहअस्तित्व हो । त्यसभन्दा धेरै जनप्रतिनिधिहरु उत्तरदायी हुनु हो । हाम्रो मुलुकमा मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति बन्नु भनेको शक्तिशाली बन्नु भएको छ ।
हाम्रै प्रतिनिधिले जनताका हक अधिकार कटौती गर्दै आफ्नो शक्ति संचय गर्न अभ्यस्त छन् । यसले राज्यलाई ‘फासिज्म’उन्मुख बनाउनेछ । नेतालाई तानाशाही बनाउनेछ । अन्ततः लोकतन्त्र महशुस हुनेछैन ।