मुख्य समाचार प्रदेश ५

विकास र समृद्धिका लागि सबै पक्षसँग हातेमालो गर्छाैँ: मुख्यमन्त्री पोखरेल

विकास र समृद्धिका लागि सबै पक्षसँग हातेमालो गर्छाैँ: मुख्यमन्त्री पोखरेल

नेपालगन्ज । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक अधिकारको लडाइँ पूरा भइसकेकाे भन्दै अबको मुख्य एजेन्डा विकास र समृद्धि भएको बताएका छन्।

 

नेपालगन्जमा लायन्स क्लब अफ इन्टरनेसनल डिस्ट्रिक ३ सय २५ बि–२ नेपालको छैटौं नेसनल कन्भेन्सनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले  विकास र समृद्धिका लागि नागरिक समाजका अगुवा, विभिन्न संघसंस्था र निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरेका हुन् । 

 


वैदेशिक रोजगारीमा गएका युवाले पठाएको रेमिट्यान्सका भरमा मुलुक चलेको बताउँदै पोखरेलले निर्वाहमुखी कृषि क्षेत्रलाई आधुनिक र प्रविधियुक्त व्यावसायिक कृषि प्रणालीमा बदल्दै उत्पादन र उत्पादकत्व बढाउनुपर्नेमा जोड दिए।  

 


मुख्यमन्त्री पोखरेलले अनुत्पादक क्षेत्रमा खर्च गर्ने प्रवृत्ति बढेको बताउँदै रोजगारमूलक र उत्पादनका क्षेत्रमा लगानी वृद्धि गरेर मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन सबै क्षेत्रबाट सामूहिक पहल आवश्यक रहेको बताए।

 


लायन्स कन्भेन्सनमा देशभरका लायन्स क्लबका करिब २ हजार सदस्य सहभागी छन्। 

विशेष