स्वास्थ्य

मधुमेह एक होइन पाँच प्रकारको रोग हो

मधुमेहकै कारण हृदयघात, स्ट्रोक, अन्धोपना र मिर्गौला फेल हुने सम्भावना बढेर जाने खतरा पनि हुने गरेको अध्ययनबाट पाइएको छ ।

मधुमेह एक होइन पाँच प्रकारको रोग हो

वैज्ञानिकहरुको भनाइ छ– मधुमेह अर्थात् डाइबिटिज वास्तवमा पाँच फरक फरक रोग हो । यी सबैको उपचार पनि अलग अलग तरिकाले हुनुपर्छ ।
डाइबिटिज शरीरमा सुगरको मात्रा बढी भएर हुने गर्छ । र यसलाई प्रकार १ र २ गरी दुई प्रकारमा बाँडिएको छ ।


स्वीडेन र फिनल्यान्डका शोधकर्ताले भनेका छन् कि यस रोगसँग जोडिएर आउने अन्य रोगको पनि धेरैभन्दा धेरै तस्बिर सबैका सामुन्ने ल्याउन सफलता प्राप्त गरिएको छ । जसले गर्दा मधुमेहको उपचार तरिकामा फरकपन ल्याउन सक्छ ।

 


विशेषज्ञहरुले बताए अनुसार यो अध्ययनले मधुमेहको बारेमा धेरै जानकारी मिल्नेछ । तर, अहिले भने यसैको आधारमा मधुमेहको उपचारमा गर्न सकिने अवस्था छैन । अनुसन्धान जारी नै छ ।


पाँच प्रकारका मधुमेह
विश्वमा प्रत्येक ११ वयस्क मानिसमध्ये एक जना मधुमेहबाट पीडित छन् । मधुमेहकै कारण हृदयघात, स्ट्रोक, अन्धोपना र मिर्गौला फेल हुने सम्भावना बढेर जाने खतरा पनि हुने गरेको अध्ययनबाट पाइएको छ । सुरुमा मधुमेह हुने प्रकारलाई यहाँ प्रस्तुत गर्नु राम्रो हुन्छ ।


प्रकार १– मधुमेहको असर मानिसको प्रतिरक्षा प्रणाली अर्थात इम्युनिटी सिस्टममा हुने गर्छ । यसले व्यक्तिको इन्सुलिन फ्याक्ट्रीमा हमला गर्छ जसले गर्दा हाम्रो शरीरले सुगरको मात्रा नियन्त्रण गर्न पर्याप्त मात्रामा हार्मोन बनाउन सक्दैन ।


प्रकार २– मधुमेहको कारण वास्तवमा गलत जीवनशैली हो । यो भनेको शरीरमा मोटोपना बढ्दै जानुले हुन्छ । र इन्सुलिनमा असर देखापर्छ ।
स्वीडेनको ल्युन्ड डायबिटिज सेन्टर र फिनल्यान्डको इन्सिटिच्युट फर मकिक्युलर मेडिसिनले १४ हजार ७ सय ७५ मधुमेहको रोगीको रगत जाँच गरेर यस्तो नतिजा निकालेको हो ।


यो नतिजा लेसेनट डाइबिटिज एन्ड एन्टोक्रिनोलोजीमा प्रकाशित भएको छ । यसमा भनिएको छ कि मधुमेहका बिरामीलाई पाँच अलग अलग क्लस्टरमा बाँड्न सकिन्छ ।


क्लस्टर १– गम्भीर प्रकारका अटो इम्युन मधुमेह उल्लेखित प्रकार–१ जस्तै हुन्छ । यसको असर युवावर्गमा देखिन्छ ।


क्लस्टर २– गम्भीर प्रकारबाट इन्सुलिनको कमी हुने मधुमेहको सुरुवाली अवस्था प्रकार १ जस्तै नै देखिन्छ । यसबाट पनि युवा नै बढी पीडित हुने गरेका छन् । यसमा तौल ठीक भए पनि इन्सुलिन बनाउने क्षमता कम हुन्छ र व्यक्तिको इम्युन सिस्टमले सही तरिकाले काम गरेको हुँदैन ।


क्लस्टर ३– यसमा व्यक्ति इन्सुलिनप्रतिरोधी क्षमताको अभावमा मधुमेहको शिकार हुन्छ । जसमा उसको तौल कारण बन्छ । व्यक्तिको शरीरमा इन्सिुलिन त बन्छ तर शरीरमा त्यसको कुनै असर देखिँदैन


क्लस्टर ४–हलुका मोटोपना भएका मधुमेह पीडित व्यक्ति खासमा भारी तौल भएका हुन्छन् । तर, उसको पाचन क्षमता क्लस्टर ३ बमोजिम हुने गर्छ ।


क्लस्टर ५– उमेरका आधारमा जोडिएका मधुमेहका बिरामीमा खासमा आफ्नो उमेर समूहका अन्य व्यक्तिभन्दा बढी उमेरका देखिने गर्छन् ।

विशेष