स्वास्थ्य भिडियो कभर स्टोरी

डा. अंकिता भन्छिन्ः महिला स्वास्थ्यको जनचेतना फैलाउन सेलिब्रिटी नै उठ्नुपर्छ (भिडियो)

महिनावारीलाई किन समस्या मानिन्छ नेपालमा ?: डा. अंकिता अग्रवालसँग बहस

डा. अंकिता भन्छिन्ः महिला स्वास्थ्यको जनचेतना फैलाउन सेलिब्रिटी नै उठ्नुपर्छ (भिडियो)

काठमाडौं । चिकित्सा क्षेत्र आफैँ सेवामुलक पेशा भए पनि दुर्गम क्षेत्रमा पुगेर स्वयंसेवकको रुपमा सामाजिक कार्यमा सक्रिय हुने चिकित्सक भने कम छन् ।

 

नयाँ पुस्तामा आशलाग्दो अनुहार हो डा. अंकिता अग्रवाल । ‘नेप्पिज आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेस’को ‘कलेज अफ मेडिसिन’बाट एमबिबिएस सकेकी डा. अग्रवाल पछिल्लो समय सामाजिक अभियानमा सक्रिय छन् ।

 

केही महिनाअघि मात्रै उनले काठमाडौंका विभिन्न क्षेत्रमा महिनावारी तथा महिला स्वास्थ्यबारे जनचेतनामुलक कार्यक्रम सफलतापूर्वक गरिन् ।

 

त्यस क्रममा उनले शिक्षित महिलामा समेत स्वास्थ्यबारे जनचेतनाको कमी तथा नखुल्ने प्रबृत्ति भेटिन् । फलस्वरुप दुर्गम जिल्लामा समेत यस अभियानलाई लैजाने निधो गरिन् ।

 

‘राजधानी जस्तो ठाउँमा त एजुकेटेड महिलाहरु आफ्नो स्वास्थ्य र महिनावारीको कुरा खुलेर भन्न नसक्ने अवस्था रहेछ भने, बाहिर कस्तो होला !,’ अंकिताले भनिन्, ‘त्यसैले हामीले सिन्धुपाल्चोकको भेडेचौरमा महिनावारीसम्बन्धी जानकारीमुलक हेल्थ क्याम्प सुरु गरेका हौँ ।’

 

डा. अंकिताकै अगुवाइमा यही फागुन २० देखि तीनदिने हेल्थ क्याम्प सुरु भएको छ । खासगरी भेडेचौर र आसपासका ५ सय भन्दा बढी स्कुले बालिका तथा महिला यस क्याम्पबाट लाभाविन्वत हुने उनको अपेक्षा छ ।

 

साथै नेपालको दुर्गम ठाउँका महिला महिनावारीबारे खुल्न नसकिरहेको अवस्थामा यस्ता क्याम्पले जनचेतना फैलाउनसक्ने अंकिताको विश्वास छ ।

 

यस अभियानसँगै महिलाहरु महिनावारी तथा स्वास्थ्यबारे कति सचेत छन् भन्ने अध्ययन पनि हुनसक्ने उनको बुझाइ छ । साथै सिन्धुपाल्चोकपछि लगत्तै मधेसका जिल्लामा समेत यस अभियान पुग्ने अंकिताले बताइन् ।

 

शिक्षित महिलामै महिनावारीबारे चेतना अभाव

डा. अग्रवालका अनुसार नेपाली समाजमा शिक्षित महिला पनि महिनावारीबारे खुलेर बोल्न नसक्ने अवस्था छ । विकसित तथा पश्चिमा मुलुकमा भने यस्तो अवस्था नरहेको उनको बुझाइ छ ।

 

यसबाहेक महिनावारीको विषयमा थुप्रै अन्धविश्वास र कुप्रथा हटाउनुपर्ने उनको अठोट छ । महिनावारीको अवधिमा युवती बाहिर देखिन नहुने, छुन नहुने, किचेनमा छिर्न नहुने जस्तो नेपाली चलन अन्त्य गर्नुपर्ने उनले बताइन् ।

 

कतिपय संस्कार र संस्कृति नै भए पनि अमानवीय छन् भने हटाउनुपर्ने उनको भनाइ छ । यस्ता कुप्रथाले नै नेपाली समाज पछि परेको भन्दै यस्ता सामाजिक कार्यमा सक्रिय रहने डा. अंकिताले भनिन् ।

 

‘गान्धी इन्टरनेश्नल मिसन’नामको संस्थामा अन्तर्राष्ट्रिय सम्बन्ध हेर्दैआएकी अग्रवाल छाउपडी प्रथा लगायत कुप्रथा हटाउन पनि अभियान गर्ने बताएकी छन् ।

 

सेलिब्रिटीको साथ

विश्वभर ख्याती कमाएका सेसिलब्रिटीहरु विभिन्न जनचेतनामुलक काममा सक्रिय रहँदैआएका छन् । पछिल्लो पटक विश्व सुन्दरी ‘मिस वल्र्ड’ले त महिनावारी सम्बन्धी जनचेतनामुलक कार्यमा सक्रिय छन् ।

 

यसरी सेलिब्रिटीहरुले सामाजिक जनचेतना फैलाउने काममा लागेको अवस्थामा त्यसको प्रभाव छिट्टै पर्ने भन्दै नेपालमा समेत सेलिब्रिटीहरु यस्ता कार्यमा सक्रिय हुनुपर्ने डा. अंकिताको तर्क छ ।

 

नेपालआजको स्टुडियोमा दिएको अन्तरवार्ताको क्रममा उनले नेपालमा समेत सेलिब्रिटीहरु महिला स्वास्थ्य शिक्षाबारे जनचेतनामुलक काममा लाग्नुपर्ने सुझाव दिएकी छन् ।

 

चिकित्सक डा. अंकिता अग्रवाल

विशेष