खेल

बार्सिलोना ‘विवादास्पद खेलको सिकार’

बार्सिलोना ‘विवादास्पद खेलको सिकार’

स्पेनिस ला लिगअन्तर्गत बिहीबार भएको खेलमा बार्सिलोनाले लस पालमसविरुद्ध जित निकाल्ने र स्पष्ट तीन अंक जोड्ने लक्ष्य पूरा गर्न सकेको थिएन ।


उक्त खेलमा पालमससँग बराबरीमा रोकिएको बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भार्डेले ‘अदृश्य पेनाल्टी’का कारण आफ्नो टिम जितबाट वञ्चित हुनुपरेको दाबी गरेका छन् ।


पालमसविरुद्ध भएको बराबरीको नतिजापछि पनि बार्सिलोना शीर्ष स्थानमा यथावत् नै छ । जुन दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडभन्दा पाँच अंक बढी हो ।
बार्सिलोनाका स्ट्राइकर लियोनल मेसीको उत्कृष्ट फ्री किकबाट अग्रता लिएको बार्सिलोना रेफ्रीका दुई विवादास्पद निर्णयका कारण कमजोर टोली पालमससँग अंक बाँड्न बाध्य रह्यो ।

 

यो खेलमा रेफ्रीका एकपक्षीय निर्णयका कारण अंक बाँड्न बाध्य हुनुपरेको भन्दै बार्सिलोनाका प्रशिक्षक भाल्भार्डेले यस खेललाई विवादास्पद भनेका छन् ।

 

विशेष