पुल निर्माणकाे ७० लाख खाएर अाधा काम गरी ठेकेदार फरार
१५ महिनमा पुल निर्माण गर्ने सम्झौता गरेका ठेकेदार ७० लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका छन् ।
चार वर्षअघि ठेकेदार श्यामबहादर तामाङले त्रिशूली कन्स्ट्रक्सनमार्फत तत्कालीन जिविस र स्वीस एजेन्सीसँग बाग्मती गाउँपालिकास्थित ठोस्ने खोलाको पुल निर्माणमा सम्झौता गरेका थिए ।
उनै ठेकेदार अहिले पुल अलपत्र पारेर फरार भएका जिल्ला प्राविधिक कार्यालय ललितपुरले बताएको छ ।
पुल निर्माण सम्पन्न गर्ने अवधि १५ महिनाको भए पनि ४ वर्षसम्म पनि आधा कामसमेत नहुँदा स्थानीय आक्रोशित भएका छन् ।