मन्त्रीको पीए भन्दै ठग्दै
काठमाडाैं । अमेरिका पठाउने नाममा एक व्यक्तिले मन्त्रीको पीए हुँ भन्दै ठग्दै आउने गरेको रहस्य खुल्न आएको छ ।
दाङ तुलसीपुर घर भएका उनी हुन्, छविलाल चौधरी । पैसा खाएर काम नगरेको आरोप लाग्न थालेपछि र अमेरिका पठाइदिन्छु भन्दै बालाजुस्थित भरत डाँगी लगायत १४ जनालाई ठगी गरेको पाइएपछि उनलाई प्रहरीले पक्राउ गरेको छ ।
उनले पूर्वभूमिसुधारमन्त्री गोपाल दहितको नाम लिई उनको पीए हुँ भन्दै ठग्दै आएका थिए ।
उनले अमेरिकाका विभिन्न संस्थामा जागिर लगाइदिने शर्तमा प्रतिव्यक्ति २५ लाखसम्म लिने शर्त गरेका र विभिन्न मितिमा १४ जनासँगबाट २६ लाख बुझिसकेका समेत थिए ।