वडाध्यक्षले कुटे बाढीपीडित महिलालाई
गुलरिया । बाढी नपसेको ठाउँमा किन राहत बाँडियो भन्दै आएकी एक महिलामाथि वडाध्यक्षले हातपात गरेका छन् ।
गुलरिया नगरपालिका ९ का वडाध्यक्ष हरिप्रसाद पासीले ती बाढीपीडित महिला सेती थारूमाथि जाइलागी कुटपिट गरेका पीडित महिलाले बताइन् ।
साथै बाढी नपसेको ठाउँ पनि राहत वितरण गरेको भन्दै नगरबासीले नगरपालिका कार्यालयमा तालबन्दीसमेत गरेका छन् ।
ती बाढीपीडित महिलाले जिप्रकाले उजुरी दर्ता गर्न नमानेको समेत बताएकी छन् भने उता वडाध्यक्ष पासीले पनि सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।