नायक सलिनमानलाई साम्राज्ञी र थापा जाेडी नै प्याराे
नायक सलिनमान बानियाँको चकलेटी अनुहार र स्टाइलले धेरै दर्शकलाई आकषिर्त गर्यो । अभिनयभन्दा पनि उनको चकलेटी अनुहारले नै उनलाई नयाँ स्टारको रुपमा चर्चामा ल्याइदियो ।
तर, यो चलचित्र रिलिज भएपछि सलिनमान हराएका जस्तै भए । उनले चलचित्र जगत नै छाडे भन्ने सम्मकाे चर्चासम्म चले । उनलाई नेपालका चर्चित ब्यानरले अाफ्नाे चलचित्रमा काम गर्न अफर पनि गरे । तर, सलिनमानले चलचित्र नखेल्ने भन्दै अस्विकार गरिरहे ।
सलिमानले अन्य ब्यानरका चलचित्र खेल्न खासै मन गरेका छैनन् । तर, उनले नायिका झरना थापाले नै निर्देशन गर्ने नयाँ चलचित्रमा काम गर्ने भने पक्काजस्तै भएको छ ।
निर्माता सुनीलकुमार थापाले याे कुराकाे साचाे भएकाे बताए । उनले भने, हामी ‘ए मेरो हजुर ३ वा भागवत गीता’ मध्ये एक बनाउने सोचमा छौ । जुन नामको चलचित्र पहिले बने पनि सलिमान नै हिरो पक्का हो ।’
नायिका झरना थापा नेपाल फर्किएपछि कुन बनाउने भन्ने फाइनल गर्ने सुनीलको भनाइ छ । तर, झरना र सुनील तत्काल चलचित्र ‘भागवत गीता’ बनाउने र त्यसपछि मात्र ‘ए मेरो हजुर ३’ बनाउने सोचमा छन् ।