खेल

जिम्बाबेले टस जितेर ब्याटिङ रोज्यो

जिम्बाबेले टस जितेर ब्याटिङ रोज्यो

एक दिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत जिम्बाबेले टस जितर पहिला ब्याटिङ रोजेको छ । विश्वकप छनोटको समूह बी मा रहेको नेपाल र जिम्बाबेबीचको खेल नेपाली समय अनुसार दिउसो १ः१५ बजे बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबको मैदानमा सुरू भएको छ ।

 

आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु को उपविजेता बनेपछि नेपालले जिम्बाबेको राष्ट्रिय टोलीसँग पहिलो पटक खेल्न लागेको हो । नेपालले सन् २००८ को यू–१९ विश्वकपमा भने जिम्बाबेलाई हराएको थियो ।

 

टेष्ट राष्ट्र जिम्बाबेले सन् १९८३ यता लगातार विश्वकप खेल्दै आएको छ । त्यसैले एसोसियट राष्ट्र नेपाललाई बलियो प्रतिद्वन्द्वी जिम्बाबेमाथि जित निकाल्न कठिन हुने देखिन्छ ।

 

तर, नेपाली टोलीका कप्तान पारस खड्काले प्रतियोगिता नेपालको लागि गार्हो भएपनि नेपालले ‘सुपर सिक्स’ मा पुग्ने लक्ष्य लिएको बताउछन् । जिम्बाबेलाई हराउनै नसकिने टिमका रुपमा नलिएको र दाबेदार भएर नै छनोटमा पुगेको भन्दै उनले नेपालले आइतबार सरप्राइज दिनसक्ने टिमका रूपमा रहेक पनि बताए ।

विशेष