समाज

बुद्धको नाममा चिच्याउनेहरुलाई आफैँ पङ्गु बनेको पत्तो भएन

भारतले १ कराेड जनता उतार्यो भने के होला !

बुद्धको नाममा चिच्याउनेहरुलाई आफैँ पङ्गु बनेको पत्तो भएन

काठमाडौं । शनिबार दिउसो काठमाडौंको टुंडीखेलमा हजारौँ युवा उत्रिएर ‘बुद्ध वाज बर्न ईन नेपाल’ भन्दै एकैसाथ चिच्याए । चिच्याउन लगाउनेमध्येका एक अगुवा थिए संचारकर्मी रवी लामिछाने ।

 

लामो समय अमेरिका बसेर फर्किएका लामिछाने ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भन्ने नारा सहित सबैभन्दा लामो अन्तरवार्ता लिएपछि अचानक चर्चामा आएका थिए ।

 

त्यसो त, अमेरिका जानुअघि पनि उनी काठमाडौंमै संचारकर्ममा थिए । उनै लामिछानेको अगुवाइमा टुंडीखेलमा शनिबार भएको भेलामा प्रधानमन्त्रीको समेत उपस्थिति थियो ।



‘बुद्ध नेपालमा जन्मिएका हुन्’भन्दै सबैभन्दा धेरै हस्ताक्षर संकलन गर्न यो कार्यक्रम आयोजना भएको थियो । कार्यक्रमको बेला बुद्धको ज्ञान वाणी बाचन समेत गरिएको थियो ।

 

टिप्पणी

सामाजिक संजालमा भने थुप्रै युवाहरुले यस्तो कार्यक्रमको खिल्ली उडाएका छन् । संचारकर्मी लामिछानेको प्रवृत्तिबारे पनि टिप्पणी हुन थालेको छ ।

 

पत्रकार सुशील पौडेलले लेखेका छन्, ‘यसैगरी भारतले पनि रामलिला मैदानमा १ करोड जनता उतारेर नेपाली नेता भारतमा जन्मिएका थिए भनिदिए कति जाती हुन्थ्यो !’

 

अर्का पत्रकार विमल नेपालले फेसवुक लाईभ नै गरेर, ‘भारतले वा चीनले करोडौं मानिस मैदानमा उतारेर बुद्ध भारत वा चीनमा जन्मिएका हुन् भनिदिए, बुद्ध उतै जन्मिएको हुन्छ त ?’

 

पत्रकार, बुद्धीजीवी, विद्यार्थी लगायत युवाहरुले टुंडीखेलको यस्तो कार्यक्रम फितलो र अपरिपक्व भएको टिप्पणी गरेका हुन् । पत्रकार तथा लेखक दील निशानीले पनि ट्वीटटरमा यस कार्यक्रमको टिप्पणी गर्दै आलोचना गरेका छन् ।

 

धेरैजसो मत के छ भने, बुद्ध नेपालमै जन्मिएको कुरा विश्वलाई थाहा छ । मैदानमा भेला भएर, हस्ताक्षर गरेर यसलाई दोहोर्याउनुको औचित्व नभएको उनीहरुको तर्क छ ।

 

यस्तै बुद्धका ज्ञानवाणी आफैँमा गम्भीर र आत्मिक भएकाले यस्ता वाणीलाई मैदानमा चिच्याउँदा त्यसको मर्म मर्ने भन्दै केही बुद्ध धर्मावलम्वीको टिप्पणी थियो ।

 

विशेष