नेपाली बलिङमाथि दवाव बनाउँदै जिम्बावे, पावरप्लेमै एक विकेट गुमाउँदै ८७ रन
एक दिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज आयोजक जिम्बावेसँग खेल्दै छ ।
खेलकाे पावरप्ले (पहिलाे दश अाेभर)काे समाप्तिमा जिम्बावेले एक विकेटकाे क्षतिमा ८७ रन जाेडिसकेकाे छ । जिम्बावेकालार्इ केफास जुवावाेले ४१ रन जाेडेर सन्दीपकाे बलिङमा अाउट भए भने साेलाेमाेन मिरेले र ह्यामिल्टन मासाकाड्जाले अहिले ३७ र ६ रनमा ब्याटिङ गर्दैछन् ।
नेपाली बलिङमा भने नेपाली क्रिकेटका कप्तान पारसकाे बलिङ १६ काे इकाेनाेमीमा अहिलेसम्म महंगाे रहेकाे छ ।
विश्वकप छनोटको समूह बी मा रहेको नेपाल र जिम्बाबेबीचको खेल नेपाली समय अनुसार दिउसो १:१५ बजे बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबको मैदानमा सुरू भएकाे हाे ।