खेल

विश्वकप छनाेटः जिम्बाबेले दियाे नेपाललाई २००९ पछिकै विशाल लक्ष्य

विश्वकप छनाेटः जिम्बाबेले दियाे नेपाललाई २००९ पछिकै विशाल लक्ष्य

वान डे विश्वकप छनोटको पहिलो दिन टीम नेपाललाई जिम्बाबेले ३८१ रनको विशाल लक्ष्य दिएको छ । समूह बी मा रहेको नेपाललाई टस जितेर आयोजक जिम्बाबेले बलिङ्काे निम्तो दिएको थियो । जिम्बाबेले ४ विकेटको क्षतिमा पुरा ओभर खेलेर ३८० रनको योगफल तयार पारेको हो । 


नेपालका लागि बसन्त रेग्मी र सोमपाल कामीले दुई/दुई तथा सन्दिप लामिछाने र ललित राजवंशीले एक/एक विकेट लिए । 
जिम्बाबेका सिकन्दर राजा र बिआरएम टेलरले सेन्चुरी पुरा गरे । 


१९८३ देखि विश्वकप खेल्दै आएको जिम्बाबे वान–डे अन्तर्राष्ट्रिय वरीयतामा ११ औं स्थानको टीम हो । नेपालले भने नामिबियामा फागुन पहिलो साता सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को उपविजेता हुँदै छनोट यात्रा तय गरेको हो ।


समूह बीमा नेपाल, जिम्बावे, स्कटल्यान्ड, अफगानिस्तान र हङकङ र समूह एमा वेस्ट इन्डिज, आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी र यूएई छन् ।
दुबै समूहका शीर्ष तीन टोली सुपरसिक्स र फाइनल पुगेका टोली आगामी वर्षको वान डे विश्वकपका लागि छनोट हुनेछन् ।

विशेष