समाज

मेयरको घर स्थानीयले घेरे, ४ सय सुरक्षाकर्मी परिचालन गर्दा समेत हुल भाँडिएन

मेयरको घर स्थानीयले घेरे,  ४ सय सुरक्षाकर्मी परिचालन गर्दा समेत हुल भाँडिएन

कैलाली । टीकापुर नगरपालिकाका मेयर तपेन्द्र बहादुर रावलको घर स्थानीयले घेराउ गरेका छन् । बिहिबार राति विभत्स हत्या गरिएका टीकापुर–२ सीतापुरका २१ वर्षीय कर्ण थापाको हत्यारालार्इ जोगाउन खोजेको भन्दै घेराउ गरेका हुन् ।

 

मेयरको घर घेराउ गर्न करिब ३ हजार भन्दा बढीको भिड लागेको छ भने सुरक्षाका लागि ३/४ सयको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

 

अहिले बन्दका कारण यहाँको जनजीवन प्रभावित छ । मृतकका आफन्तले हत्या आरोपी पक्राउ नपरेसम्म शव नबुझ्ने भन्दै पोष्टमार्टम गर्न दिएका छैनन् ।

 

कैलालीका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले आजै मृतकका बुबा भारतबाट पुग्ने र पोष्टमार्टम गरिने बताए । करिब १५ हजार मान्छे जम्मा भएको ठाउँमा केही व्यक्तिले धारिलो हतियार प्रहार गरेर थापाको हत्या गरेका थिए । उनको टाउको, पेट, छाती र पिठ्युँ गरी पाँच ठाउँमा प्रहार गरिएको प्रहरीले जानकारी दिएको छ ।

विशेष