जिम्बाेवसँग ११६ रनले नेपाल पराजित, नेपालले पछ्याएकाे अहिलेसम्मकाे विशाल लक्ष्य
एक दिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत समूह 'बी'बाट जिम्बावेसँगकाे पहिलाे खेलमा नेपाल पराजित भएकाे छ ।
टस जितेर नेपाललार्इ बलिङकाे निम्ताे दिएकाे जिम्बावेले निर्धारित ५० अाेभरमा ६ विकेट गुमाउँदै ३८० रन बनाउन सफल भयाे । जिम्बावेकाे लागि ब्रेन्डन टेलर र सिकन्डर राजाले शतक प्रहार गरे भने साेलाेमाेन माइरले अर्धशतक बनाउन सफल भए ।
समूह बी मा रहेको नेपालकाे लागि बसन्त रेग्मी र सोमपाल कामीले दुई/दुई तथा सन्दिप लामिछाने र ललित राजवंशीले एक/एक विकेट लिए ।
जवाफि ब्याटिङमा उत्रेकाे नेपालले निर्धारित ५० अाेभर नै खेलेपनि ८ विकेट गुमाउँदै २६४ रन मात्र बनाउन सफल भयाे । नेपालकाे लागि शरद भेषवाकरले सर्वाधिक ५२ रन जाेडे भने अारिफ शेखले ५० रन जाेडे । त्यसबाहेक कप्तान पारस खड्काले ४० र ज्ञानेन्द्र मल्ले ३२ रन जाेडे । त्यसैगरि राेहित कुमारले ३० रन र दीपेन्द्र एेरीले २३ रन बाहेक अन्यले दाेहाेराे रन जाेड्न सकेनन् ।
जिम्बाेवकाे लागि सिकन्दर राजाले सर्वाधिक ३ विकेट लिए । त्यस्तै ग्राइम, ब्राइन तथा टेन्डाइले एक–एक विकेट लिए ।
१९८३ देखि विश्वकप खेल्दै आएको जिम्बाबे वान–डे अन्तर्राष्ट्रिय वरीयतामा ११ औं स्थानको टीम हो । नेपालले भने नामिबियामा फागुन पहिलो साता सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को उपविजेता हुँदै छनोट यात्रा तय गरेको हो ।
समूह बीमा नेपाल, जिम्बावे, स्कटल्यान्ड, अफगानिस्तान र हङकङ र समूह एमा वेस्ट इन्डिज, आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी र यूएई छन् ।
दुवै समूहका शीर्ष तीन टोली सुपरसिक्स र फाइनल पुगेका टोली आगामी वर्षको वान डे विश्वकपका लागि छनोट हुनेछन् ।