घर पाेत्ने माटाे लिन जाँदा ढिस्काेले पुरिएर ज्यान गयाे
बझाङ । खप्तड छान्ना गाउँपालिका नुवाकोटमा माटोको ढिस्कोले पुरिएर दुई महिलाको घटनास्थलमै ज्यान गएको छ ।
ज्यान गुमाउनेमा सोही गाउँकी तीस वर्षीया रतनादेवी पाध्या र लामातोलाक घर भएकी सुनीतादेवी जोशी छन ।
घर पोत्ने माटो लिन जाने क्रममा उनीहरुको मृत्यु भएको स्थानीयले बताएका छन । उनीहरुसँगै गएका अन्य महिला भने सकुसल रहेका छन ।