समाज

बनाउनुपर्ने बाटाे वडा सदस्यले उल्टै भत्काए

बनाउनुपर्ने बाटाे वडा सदस्यले उल्टै भत्काए

स्थानीय सरकारले स्थानीयका समस्या सुनेर समाधान गर्नु त कता हो कता उल्टै स्थानीय जनप्रतिनिधि नै स्थानीय विकासमा बाधक भएर देखिएका छन् ।

 


कपिलवस्तुको शिवराज नगरपालिका २ मा निर्माणाधीन बाटो भत्काउन वडा सदस्य नै लागेपछि स्थानीयवासी आक्रोशित बनेका छन् ।


बालापुर–सुन्दरीडाँडा सडकखण्डअन्तर्गत मंगोलियन टोलदेखि बालापुरसम्मको बाटो पक्की बनाउने काम धमाधम भइरहँदा वडा सदस्य भने त्यसलाई वास्तै नगरी बाटो निर्माणमा बाधक बनेका हुन् ।

 

उक्त बन्दै गरेको बाटोमा स्थानीय वडा नं २ का सदस्य जैसराम यादवले ट्याक्टर गुडाएपछि स्थानीय उनीविरुद्ध उत्रिएका छन् ।
तर, पछि यादवले बाध्यताले आफूले त्यस बाटो भएर ट्याक्टर लैजानुपरेको भन्दै माफी मागेका छन् ।

विशेष