इनिस्टाले चेल्सीविरूद्धकाे च्याम्पियन्स लिग गुमाउन सक्ने
एथ्लेटिको मड्रिडविरुद्धको खेलमा चोटग्रस्त बनेका बार्सिलोनाका मिडफिल्डर आन्द्रे इनिस्टाले च्याम्पियन्स लिगअन्तर्गत चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना छ ।
ला लिगाअन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई १–० ले हराउदा इनिस्टा ३६ आंै मिनेटमा ह्यामस्ट्रिङको चोटका कारण मैदानबाट बाहिरिएका थिए ।
३६ वर्षीय इनिस्टाका बारेमा क्लबले चोटका कारण च्याम्पियन्स लिग खेल्ने सम्भावना कम भएको बताएको छ ।
उनको चोटबारे जाँच हुने र चोट कतिको गहिरो छ त्यसपछि आधिकारिक धारणा राख्ने क्लबले जनाएको छ । खेलको २२ आंै मिनेटमै इनिस्टाको दायाँ खुट्टामा समस्या देखिएपछि उनलाई सब्सिच्युट गरिएको थिएन । तर ३६ औं मिनेटमा इनिस्टा खेल्न नसक्ने भएपछि मैदानबाट बाहिरिएका हुन् ।
च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले घरेलु मैदानमा मार्च १४ तारिखमा खेल्दै छ । उनीहरु बीचको पहिलो लिग एक एक गोलको बराबरीमा सकिएको थियो ।
यतिमात्र होइन इनिस्टाले शनिबार ला लिगाअन्तर्गत मालागाविरुद्धको खेल भने गुमाउने निश्चित छ ।