गाउँपालिकामा सवारीसाधन दर्ता अनिवार्य
गाउँपालकाको स्तरोन्नति र विकासका लागि भन्दै गाउँपालिकामा भएका सम्पूर्ण सवारीसाधनको दर्ता गरिने भएको छ ।
यो खबर पाल्पाको बगनासकाली गाउँपालिकाको हो । उक्त गाउँपालिकाले जिल्लाका स्थानीय सञ्चारमाध्यममार्फत सूचना जारी गरी यस्तो निर्णय सार्वजनिक गरेको हो ।
दर्ता पक्रिया सुरु गरेसँगै सवारी दर्तामा आउनेको संख्या दिनहुँ बढ्दै गएको पनि गाउँपालिकाले जनाएको छ । सवारीको प्रकृति हेरी सयदेखि पाँच सयसम्म दर्ता शुल्क निर्धारण गरिएको छ ।
सवारी दर्ता पक्रियामा संकलित रकमबाट सडक सुधारलाई पहिलो प्राथमिकता पनि दिइने गाउँपालिकाले जनाएको छ ।
साथै यसबाट गाउँपालिकामा हुनसक्ने अपराध नियन्त्रणमा पनि कमी आउने गाउँपालिका तथा स्थानीय प्रहरीले विश्वास व्यक्त गरेका छन् ।