मुख्य समाचार स्वास्थ्य इतिहासमा आज

नारी दिवसमा पुरुषलाई प्याड : के गर्लान् पुरूषले ती प्याड !

नारी दिवसमा पुरुषलाई प्याड : के गर्लान् पुरूषले ती प्याड !

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा यस वर्ष पनि महिला हिंसाविरुद्ध पुरुष पदयात्रा गरिने भएको छ । यसपटक पुरुष पदयात्रामा सहभागीहरुलाई प्याड (स्यानिटरी) वितरण गरिने भएको छ ।

 

महिला अधिकार राष्ट्रिय सवाल भएपनि महिलाले मात्र आवाज उठाउनुपर्ने प्रचलनको अन्त्य गर्दै केही गैरसरकारी संस्थाले तीन वर्षदेखि पुरुष पदयात्रा गर्दै आएका हुन् । नेपाल वातावरण पत्रकार समूह (नेफेज), फ्रिडम फोरम नेपाल र नेदरल्याण्डको फ्रि प्रेस अनलिमिटेडसहित बीसवटा संस्थाले संयुक्त रुपमा आगामी बिहीबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पुरुष र्‍याली गर्दैछन् ।

 

‘महिला हिंसाविरुद्ध पुरुषको भुमिकालाई अझै जोड दिनलाई सहभागी सवै पुरुषलार्ई महिलाले महिनावारीमा लगाउने प्याड वितरण गरिने छ । यो प्याडलाइ पदयात्रामा सहभागीले आफ्ना दिदीवहिनी,साथी श्रीमती र आमालाई उपहारस्वरुप दिनेछन्।, पुरुषलाई प्याड नै किन? अभियानकर्ताले भनेका छन्, ‘ महिनावारीलाई नितान्त व्यक्तिगत र गोप्य बिषय बनाइएको अवस्थामा यसको स्वच्छता प्रभावकारी नभएको र यसलाई लाजको विषय बनाइएकाले यस्तो प्रबृत्ति तोड्न प्याड वितरण गर्न लागिएको हो ।’

 

काठमाडौंको माइतीघर मण्डलाबाटसुरु हुने र्‍याली भद्रकाली, शहिदगेट, वीर अस्पताल हुँदै रत्नपार्कको शान्तिवाटिका पुगेर टुंगिनेछ । पदयात्राको उद्घाटन संयुक्त राष्ट्रसंघका महासचिवको महिला हिंसा बिरुद्ध पुरुष सञ्जालका सदस्य तथा पुर्व प्रधानन्यायाधिस कल्याण श्रेष्ठले गर्नेछन् । पदयात्रापछि आयोजना हुने कार्यक्रममा कविता वाचन, छाउपडीसम्बन्धी नाटक प्रदर्शन गरिनेछ ।

विशेष