१०२ नम्बरमा फोन गरे तपार्इकाे घरमा सुविधायुक्त एम्बुलेन्स आउँदै (भिडियाेसहित)
काठमाडाैं । एम्बुलेन्स चाहिए देशको जुनसुकै क्षेत्रबाट केही समयपछि १०२ नम्बरमा फोन गरेर बोलाउन मिल्ने गरी सरकारले नेपाल एम्बुलेन्स सर्भिससँग सम्झौता गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. श्रीकृष्ण गिरीले बताएका छन्।
उक्त एम्बुलेन्समा जरुरीपर्ने अक्सिजन, आैषधी, स्वास्थ्यकर्मीहरु सहित व्यवस्था गरिएकाे डा गिरीले बताएका छन्। प्रहरीसँग सम्पर्क गरेर पनि सुविधा उपभाेग षर्न सकिनेछ । अब ठाउँ र दिनरात नभनी एम्बुलेन्स परिचालन गरिने पनि डा. गिरीले बताए ।
याे सेवा अहिले काठमाडाैं उपत्यकाभित्र उपलब्ध भर्इसकेकाे र पाेखरा बुटवल र चितवनमा सेवा सञ्चालनका लागि तयारी तिब्र गरिएकाे ५ । एक हप्ताभित्रै सञ्चालनमा आउने १०२ नम्बर फाेन सेवाले २४ सै घण्टा सेवा दिने छ ।
स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स सेवाका लागि नेपाल एम्बुलेन्स सर्भिससँग सम्झौता गरेकाले याे संस्थाले एम्बुलेन्स सञ्चालन गरिरहेका अरु संस्थालार्इ नेटवर्किङ् ल्याएर सेवा उपलब्ध गराउने उनले बताए ।
तपार्इ फाेन गरिरहेकाे १०२ नम्बरमा देखिने माेबार्इल नम्बर जिपिएस सिष्टमबाट नजिकैकाे कट्रोल सेन्टरमा कुन ठाउँबाट गरिरहेकाे हाे देखिने भएकाले जहाँ नजिक छ त्यहीबाट पठाउने प्रवक्ता डा. गिरीले जानकारी दिए । थप तलको भिडियाे हेर्नुहोस्।