खेल

पीएसजीलार्इ ५–२ ले पराजित गर्दै मड्रिड क्वार्टर फाइनलमा

पीएसजीलार्इ ५–२ ले पराजित गर्दै मड्रिड क्वार्टर फाइनलमा

रियल मड्रिडले पेरिस सेन्ट जर्मेन (पीएसजी)लार्इ समग्रमा ५–२ ले पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेकाे छ । 

 

च्याम्पियन्स लिगअन्तर्गत दाेस्राे लेगकाे खेलमा मड्रिड २–१ ले विजयी भएकाे हाे । यसअघि मड्रिडले पीएसजीलार्इ उसैकाे मैदानमा ३–१ ले पराजित गरेकाे थियाे ।

 

दाेस्राे लेगकाे जितमा राेनाल्डाे र कासिमिराेले एक–एक गाेल गरे । खेलकाे पहिलाे हाफ बराबरीमा राेकिएपछि ५१ अाैँ मिनेटमा राेनाल्डाेले गाेल गर्दै मड्रिडलार्इ अग्रता दिलाए । 

 

६६ अाैँ मिनेटमा मिडफिल्डर मार्को भेराट्टी रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि पीएसजी १० खेलाडमा सिमित भयो । तर त्यसको पाँच मिनेटपछि इडिन्सन कभानीले गोल गर्दै पीएसजीलाई खेलमा फर्काउने प्रयास गरे ।

 

बराबरीमा रहेकाे खेलमा ८० औं मिनेटमा कासिमिरोले गोल गरेपछि पीएसजीको यात्रा रोकिन पुग्यो ।

psg

विशेष