समाज

२६ वर्षदिख बन्द रहेकाे हवार्इ सेवा पुन: सञ्चालन

२६ वर्षदिख बन्द रहेकाे हवार्इ सेवा पुन: सञ्चालन

बागलुङ । बागलुङको बलेवा हवाई सेवा चैत दोस्रो सातादेखि नियमित सञ्चालनमा आउने भएको छ ।

 

बागलुङ नगरपालिका र नेपाल एयरलाइन्स, तारा एयरलाइन्सबीच लिखित सम्झौता भएपछि  हवाई सेवा सञ्चालन हुने भएको हो । 

 

जिल्लामा बन्द रहेको हवाई सेवा सञ्चालन गर्नेबारे बागलुङ नगरपालिका र सरोकारवालाबीच लामो समयको प्रयासपछि बुधबार काठमाडौंमा भएको लिखित सम्झौतापछि काठमाडौ-बागलुङ हप्तामा हाललाई दुईवटा फ्लाइट गर्ने लिखित सहमति भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । 

 

नेपाल एयरलाइन्स र तारा एयरलाइन्सबीच भएको लिखित सम्झौताअनुसार काठमाडौं-बागलुङको यात्रामा १२ सिटको र बागलुङ काठमाडौको लागि पूरै सिटको  ग्यारेन्टी नगरपालिकाले गर्ने लिखित सहमति भएपछि अब चैतको दोस्रो साताबाट हवाई सेवा सुरू हुनेछ । 

 

हवाई भाडादर भने सरकारले निर्धारण गरेअनुसार हुनेछ । बागलुङ-काठमाडौं हवाई सेवा सञ्चालन गर्ने पूरै सहमति भएपछि फागुनको अन्तिम साता टेस्टिङ फ्लाइट गर्ने कार्यक्रम छ । 

२६ वर्षसम्म बन्द रहेको बागलुङको बलेवा विमानस्थल देशमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि पुन सञ्चालन हुने भएको हो । अब धौलागिरिका जनताले हवाई सेवा लिन पोखरासम्म जानुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।

विशेष