समाज भिडियो कभर स्टोरी

पूर्व मिसनेपाल सुविन लिम्बूको तर्कः नेपाली समाज पूर्ण पुरुषसत्तात्मक हैन (भिडियो)

महिला दिवसमा पूर्व मिस नेपाल सुविन लिम्बूसँग बहस

पूर्व मिसनेपाल सुविन लिम्बूको तर्कः नेपाली समाज पूर्ण पुरुषसत्तात्मक हैन (भिडियो)

काठमाडौं । आज मार्च ८ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम हुँदैछ । त्यसो त महिलाले हरेक दिन संघर्ष गरिरहनु परेको छ ।

 

र विश्वभर कुनै न कुनै रुपमा वर्षौँदेखि महिला अधिकारको बहस हुँदैआएको छ । प्राकृतिक रुपमा महिला–पुरुष समान भए पनि धेरै समाजमा महिलालाई तल्लो दर्जाको नागरिकको रुपमा हेरिँदैआएको छ ।

 

यस्तो असमानमा कहिले कसरी हट्ला ? महिला सशक्तिकरण भनेको के हो ? पुरुषसत्ता कसरी अन्त्य गर्न सकिन्छ ? वर्तमान समाजमा नेपाली महिलाको समानताको लागि संघर्ष कस्तो हुनुपर्छ ?

 

पूर्व मिस नेपाल सुविन लिम्बूसँग हामीले यस्तै विषयमा बहस गरेका छौँ । नेपाली महिलाको अवस्था, अन्तर्राष्ट्रिय ‘फोरम’ नेपाली महिलाको उपस्थितिबारे उनले खुलेर बोलेकी छन् ।

 

यसै क्रममा लिम्बूले नेपाल पूर्ण रुपमा पुरुष सत्तात्मक समाज नरहेको बताएकी छन् । महिला हेपिएको वा दलनमा परेको विषयलाई ‘जेनेरलाइज’ गरेर हेर्न नमिल्ने उनको तर्क छ ।

 

विभिन्न पक्षले यसलाई प्रभाव पार्ने भन्दै उनले हाम्रो समाजको चरित्रको ब्याख्या गर्ने प्रयास गरेकी छन् । साथै लिम्बूले अमेरिका जस्तो विकसित मुलुकमा पनि महिला समानता नरहेको भन्दै महिलाको संघर्ष जारी रहेको बताइन् । तर महिला संघर्षका हरेक तरिका हुने उनको भनाइ छ ।

 

महिला दिवस सुविन लिम्बू

विशेष