पीएसजीकाे अाँखा चेल्सीका प्रशिक्षकमाथि
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पीएसजीले वर्तमान प्रशिक्षक उनाई इम्रेलाई बर्खास्त गर्दै चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टे भित्राउन पहल सुरु गरेको छ ।
विश्वको सबैभन्दा महँगो फुटबल टिमको दोस्रो स्थानमा रहेको पीएसजीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने आकांक्षाका साथ नेइमार, एम्बाप्वे जस्ता महँगा खेलाडी अनुबन्ध गरेको थियो ।
फ्रान्सको सञ्चारमाध्यमले जनाएअनुसार पीएसजीले कोन्टोका भाइ जियानलुकासँग कुरा गरिसकेको र अब कोन्टेका एजेन्ट फेड्रिको पास्टोरेल्लो अर्को साता पेरिस जाने बताइएको छ ।
पहिलो सिजन प्रिमियर लिगको उपाधि जिताएका कोन्टेको टिम चेल्सी यो सिजन भने शीर्ष चारमा पर्नसमेत संघर्ष गरिरहेको छ । यो प्रदर्शनका कारण चेल्सीका रसियन मालिक रोमन इब्रासहिमोभिच सन्तुष्ट छैनन् ।
इब्राहिमोभिचको तीव्र महत्वाकांक्षका कारण चेल्सीकाे भविष्य अर्को सिजनसम्म नरहन सक्ने अनुभव कोन्टे स्वयंले गरेका छन् ।