खेल

सुरुवातमै नेपालकाे विकेट गयाे, ज्ञानेन्द्र पेबिलियन फर्के

सुरुवातमै नेपालकाे विकेट गयाे, ज्ञानेन्द्र पेबिलियन फर्के

स्कटल्याण्ड विरुद्धकाे खेलमा टस जितेेर पहिले ब्याटिङ रोजेको नेपालले दोस्रो ओभरको पहिलो बलमै विकेट गुमाएको छ । ज्ञानेन्द्र मल्लले १ रन मात्र बनाएर पेबिलियन फर्के । उनी सफ्यान सरिफको बलमा आउट भएका हुन् ।

जिम्बावेमा जारी आर्इसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्ड विरुद्ध खेल्दै छ । आइतबार भएको समूहको पहिलो खेलमा नेपालले जिम्बाबेसँग ११६ रनको पराजय ब्यहोरेको थियो ।

 

समूह चरणको शीर्ष तीनभित्र रहेर ‘सुपर सिक्स’ चरणमा पुग्नका लागि नेपालले स्कल्याण्डलाई हराउनुपर्ने चुनौती छ । स्कटल्याण्डलाई हराउँदै नेपाल पहिलो जिता दर्ता गर्ने तयारीमा छ ।

विशेष