नेपाली ब्याटिङ समस्यामा, पाँच अाेभरभित्र ४ विकेट
नेपालले ४ अाेभर २ बलमा ४ विकेट गुमाइसकेकाे छ । स्टवार्टकाे तेस्राे अाेभरकाे २ बलमा नेपाली ब्याट्सम्यान दीपेन्द्र एेरी र शरद भेषवाकर अाउट भइसकेका छन् ।
स्कटल्याण्ड विरुद्धकाे खेलमा टस जितेेर पहिले ब्याटिङ रोजेको नेपालले तेस्राे अाेभरमै दुर्इ विकेट गुमाएकाे थियाे । स्टवार्ट विटिङहामकाे बलमा दिलिप नाथ अाउट भएका हुन् । उनले ४ रन जाेडे । यसअघि दाेस्राे ओभरको पहिलो बलमै ज्ञानेन्द्र मल्ल १ रन मात्र बनाएर पेबिलियन फर्किसकेका छन् । उनी सफ्यान सरिफको बलमा आउट भएका हुन् ।
जिम्बावेमा जारी आर्इसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्ड विरुद्ध खेल्दै छ । आइतबार भएको समूहको पहिलो खेलमा नेपालले जिम्बाबेसँग ११६ रनको पराजय ब्यहोरेको थियो ।
समूह चरणको शीर्ष तीनभित्र रहेर ‘सुपर सिक्स’ चरणमा पुग्नका लागि नेपालले स्कल्याण्डलाई हराउनुपर्ने चुनौती छ । स्कटल्याण्डलाई हराउँदै नेपाल पहिलो जिता दर्ता गर्ने तयारीमा छ ।