खेल

नेपालकाे लगातार दाेस्राे हार, स्कटल्याण्डसँग चार विकेटले पराजित

नेपालकाे लगातार दाेस्राे हार, स्कटल्याण्डसँग चार विकेटले पराजित

काठमाडौं । जिम्बाबेमा जारी आर्इसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको दोस्रो खेलमा पनि नेपाल पराजित भएकाे छ ।

 

स्कटल्याण्ड विरुद्धकाे खेलमा नेपाल ४ विकेटले पराजित भएकाे हाे । पहिले ब्याटिङ गरेकाे नेपालले सबै विकेट गुमाउँदै १४९ रन मात्र बनाउन सफल भएकाे थियाे । नेपालकाे लागि कप्तान पारस खड्काले सर्वाधिक ६३ रन बनाए भने बसन्त रेग्मीले नटअाउट २४ बनाए । त्यस्तै साेमपाल कामीले १८ र राेहित कुमारले १५ रन बनाउनु बाहेक अन्यले दाेहाेराे रन जाेड्न सकेनन् । 

 

स्कटल्याण्डकाे लागि स्टवार्ट विटिङहामले सर्वाधिक ३ विकेट लिए । त्यस्तै साफ्यान सरिफ र एलेस्दायर इभान्सले दुर्इ–दुर्इ विकेट लिए भने रिचि र टाेमले एक–एक विकेट लिए । 

 

जवाफि ब्याटिङमा अाएकाे स्कटल्याण्डले ४१ अाेभरमा ६ विकेट गुमाउँदै १५० काे लक्ष्य पछ्याएकाे हाे । स्कटल्याण्डकाे लागि कप्तान केलि काेएत्चरले सर्वाधिक नटअाउट ८८ रन बनाए । नेपाली बलिङबाट बसन्त रेग्मी र सन्दीप लामिछानेले समान दुर्इ–दुर्इ विकेट लिए भने ललित राजवंशी र दीपेन्द्र एेरीले एक–एक विकेट लिए । 

 

आइतबार भएको समूहको पहिलो खेलमा नेपालले जिम्बाबेसँग ११६ रनको पराजय ब्यहोरेको थियो । समूह चरणको शीर्ष तीनभित्र रहेर ‘सुपर सिक्स’ चरणमा पुग्नका लागि नेपालले अबकाे बाँकी खेल जित्नैपर्ने चुनौती छ ।

 

नेपालले अब शनिबार अफ्गानिस्तानविरूद्ध खेल्दै छ । 

विशेष