मनोरञ्जन

३ नेपाली चलिचत्र शुक्रबार एकैसाथ भिड्दै

एकैसाथ यसरी चलचित्र प्रदर्शनमा अाउँदा कुन हेर्ने कुन नहेर्नेमा दर्शक अन्याेल

३ नेपाली चलिचत्र शुक्रबार एकैसाथ भिड्दै

शुक्रबारबाट ३ नेपाली चलचित्र एकैसाथ प्रदर्शनमा अाएका छन् । ३ वटा नेपाली चलचित्र एकैपटक हलमा लाग्दा दर्शक बाँडिए पनि यसखाले भिडन्त नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि चल्दै आएको छ ।

 

निर्माता छविराज ओझाको निर्माण तथा नवल नेपालले निर्देशन गरेको चलचित्र ‘मंगलम’ आजबाट हलमा लागेको छ । ‘पर्ख पर्ख मायालु’ बोलको गीतका कारण चर्चामा रहेको यो चलचित्रले सिंगल हलमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । शिल्पा पोखरेल, पुष्पल खड्का, पृथ्वीराज प्रसाई, मिथिला शर्मा, नीर शाहलगायत कलाकारको मुख्य भूमिका रहेको चलचित्रको विषयवस्तु पावरफुल रहेको निर्माता ओझाले बताएका छन् ।

यस्तै, लामो समयदेखि विवादमा रहेको चलचित्र ‘गाँजाबाजा’ पनि आजैबाट हलमा लागेको छ । २ गाँजा खाने युवाको कथामा निर्माण भएको यो चलचित्रलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । चलचित्रमा अनुपम शर्मा, सुशील सिटौला, वर्षा शिवाकोटीलगायत कलाकारको मुख्य भूमिका छ । मल्टिप्लेक्स हलमा यो चलचित्र चल्ने अड्कल लगाइएको छ ।

‘ठेकीमा दही’ बोलको गीतका कारण चर्चामा रहेको चलचित्र ‘हुर्रे’ पनि आजैबाट रिलिज भएको छ । कमेडी कथामा निर्माण भएको चलचित्रलाई यम थापाले निर्देशन गरेका हुन् । चलचित्रमा केकी अधिकारी, अनुपविक्रम शाही, राजाराम पौडेल, विजय बराल, अंकित खड्का, संगीता नापितलगायत कलाकारको मुख्य भूमिका छ । सिंगल र मल्टिप्लेक्स दुवै हलमा चलचित्र चल्ने निर्माण पक्षले दाबी गरेकाे छ ।

विशेष