मनोरञ्जन

गीतसंगीत चोरीमा अल्मोडा रानाको ह्याट्रिक

गीतसंगीत चोरीमा अल्मोडा रानाको ह्याट्रिक

काठमाण्डौं । गायक तथा संगीतकार अल्मोडा राना उप्रेतीलाई तेश्रो पटक गीत तथा संगीत चोरीको आरोप लागेको छ । यसअघि ‘फन्टास्टिक वन्डरफुल’ र पुरानो लोकगीत ‘पानी पर्याे असिना झर्याे’ चोरीको आरोप खेपेका अल्मोडाले ‘कृ’ को ‘उकालीमा पछि पछि’ सँगै सँगै चोरीको आरोपमा ह्याट्रिक गरेका छन् ।

 

वरिष्ठ निर्माता तथा निर्देशक शम्भु प्रधान आफ्नो फिल्म ‘सम्झना’ को गीत कृमा चोरी गरिएको भन्दै प्रहरीमा उजुरी दिन पुगेका छन् । ‘कृ’ को उक्त गीतमा ओरिजिनल म्यूजिक भनेर रञ्जित गजमेरलाई क्रेडिट दिइएको छ भने रिमेक म्युजिकमा अल्मोडा राना उप्रेतीको नाम छ । यसैगरी रिमेक लिरिक्समा अल्मोडा र सविन एकतारेको नाम रहेको छ ।

 

सम्झनाको ‘उकालीमा अघि अघि’ बोलको गीतलाई विना अनुमति ‘कृ’ मा समावेश गरिएको उनले आरोप छ । ‘कृ’ का निर्माता भुवन केसी र सुवास गिरीविरुद्ध उजुरी लिएर करिब १० दिनअगाडि शम्भु महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए । तर, डिएसपी मोहन थापाले उजुरी दर्ता नगरी दुवै पक्षलाई बोलाएर मिलाउने प्रयास गर्दै आएका छन् ।

विशेष