जनता जान्न चाहन्छन्ः उपभोक्तामाथि अपराध गरिरहेको एनसेललाई राज्यको संरक्षण किन ? (भिडियो)
एनसेल प्रयोगकर्ता नै भन्छन्ः सेवाको नाममा नेपाली जनतामाथि एनसेलको ब्रह्मलुट !
काठमाडौं । बहुराष्ट्रिय कम्पनी एक्जियाटा अन्तरगत सञ्चालित नेपालकाे निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल पछिल्लो समय नेपाली उपभोक्तामाझ निकै विवादित बनेको छ । यसले नयाँ ‘अफर’ तथा ‘प्याक’ मार्फत उपभोक्तामाथि ठगिरहेको गुनासो चर्को रुपमा उठ्न थालेको छ ।
सुन्दा ‘सेवा’ जस्तो लागे पनि यथार्थमा त्यो उपभोक्तामाथिको लुट भएको उपभोक्ताहरुले बताउन थालेका छन् । नेपालआजको यसपटकको जनता जान्न चाहन्छन् श्रृंखला सोही कम्पनीको लापर्वाहीबारे केन्द्रित छ ।
काठमाडौंका केही पार्क तथा कलेजमा एनसेलका प्रयोगकर्तालाई हामीले यसका सेवाबारे कति विश्वास लाग्छ ? भनी सोधेका थियौँ । एनसेलले सेवाको बहानामा भ्रम छर्दै जनता ठगिरहेको अधिकांश उपभोक्ताको गुनासो छ ।
‘कहिले के प्याक भनेको छ । कहिले के अफर भनेको छ । जे भने पनि त्यो सबै भ्रम हो,’ एक उपभोक्ताले भने, ‘नेपाली जनतालाई भ्रमको जालो फालेर झुक्याइरहेछ ।’
करछलीमा राज्यको साथ
साथै अर्बौं कर छली गरिरहेको एनसेललाई राज्यले किन संरक्षण गरिरहेछ भन्दै उपभोक्ताले ठाडो प्रश्न गरेका छन् । राजनीतिक दल र राज्यले उक्त कम्पनीलाई संरक्षण दिन नहुने उनीहरुले बताएका छन् ।
यसरी कर छल्ने र उपभोक्तालाई झुक्याएर चर्को लुट गर्ने एनसेलको तरिका अपराधीकरणकै अर्को रुप भएको पनि उपभोक्ताको अनुभव छ । आक्रोशित हुँदै उनीहरुले यस कम्पनीलाई कारवाही प्रक्रिया तत्काल अघि बढाउनुपर्ने माग गरेका छन् ।
जनता जान्न चाहन्छन् एनसेल